चितुवाको छाला बिक्रि गर्ने तीन जना पक्राउ 

पोखरामा चितुवाको छाला खरिद विक्रिमा संलग्न रहेका तीन जनालाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समूह पोखराको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बागलुङ तमानखोला गाउँपालिका ६ का झलक छत्याल, देवेन्द्र रसाइली र ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जनाएको छ । बुधबार पोखरा लेखनाथ महानगरपालिका ७ स्थित अन्नपूर्ण टोलबाट पक्राउ परेका उनीहरुको साथबाट दुई थान चितुवाको छाला बरामद गरेको केन्द्रिय अनुसश्धान ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला वन कार्यालय पोखरामा बुझाइएको र उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here