सिनेमाको पारिवारिक क्लव :  श्रीमान निर्माता ,निर्देशक श्रीमती र छोरी नायिका

निर्माता÷निर्देशकले नपत्याइदिएपछि के गर्नु ? श्रीमानको लगानी,श्रीमतीको निर्देशन र छोरी नायिका भएको सिनेमा चल्यो भने अब अनौठो नमान्दा हुन्छ । अहिले नेपाली सिने क्षेत्रमा सबैभन्दा मौलाएको धन्दा हो यो ।  यही मेलोमा होमिएका छन झरना थापा दम्पत्ति । यी जोडी मिलेर चलचित्र ए मेरो हजुरको सिक्वेल निर्माण गर्ने तयारी चल्दैछ । ए मेरो हजुर ३ नामक चलचित्रमा उनीहरुले आफ्नो छोरी सुहानालाई नायिकाको रुपमा उर्तादैछन् । उनीसँग अनमोल केसीले रोमान्स गर्ने टुंगो लागेको छ । चलचित्रमा सुनिल कुमार थापा निर्माता र झरना निर्देशक रहनेछन् । अर्काे रमाइलो कुरा छ, भुवन केसी अहिले चरम आर्थिक संकटमा गुज्रिएका छन् । यसो किन भनिएको हो भने उनको क्याप्टेन चलचित्र निर्माणधीन छ । सुटिङ चल्दै गर्दा रकमको अभाव भएपछि उनले छोरा अनमोल केसीलाई ए मेरो हजुर ३ र मिलन चाम्सले निर्माण गर्न लागेको दुईवटै चलचित्रमा एकैपटक अनुबन्ध गराएका हुन् । अनमोल केसी तिनै सेलिव्रेटी हुन जो वर्षमा एउटा भन्दा अरु चलचित्र नखेल्ने बताँउदै आएका थिए । यसरी आफ्नै वचन विपरित अनमोललाई दुईवटा चलचित्रमा खेल्न बाध्य गराइयो जस्को कारण भुवनद्धारा निर्माण हुन लागेको क्याप्टेनका लागि रकम अभाव हुनु नै हो । चलचित्रकर्मीहरुका अनुसार, क्याप्टेनको छायांकन पैसाको अभावले रोकिए पछि  भुवनले क्याप्टेनको छायांकन गर्ने पैसा जम्म गर्नको लागी छोरा अनमोललाई एकै पटक दुई ओटा फिल्म साईन गराउन लगाएका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here