कर्कलाको तरकारी खानुहुन्छ ? त्यसो हो भने यसका फाइदा र वेफाइदा थाहा पाइराख्नुहोस् ।

सामान्य तपाई हाम्रो गाउँघरमा पाइने तरकारी हो कर्कलो । यसको तरकारी कसैलाई मन पछृ भने कसैलाई मन नपर्न सक्छ । यसको पात तथा फल दुवै तरकारीको रुपमा खान सकिने तरकारी हो कर्कलो । यसबाट प्रोटिन, पोटासियम, भिटामिन, आइरन लगाएतका तत्वहरु पाइने गर्दछ । तर यसका फाइदा तथा वेफाइदाका बारेमा सवैलाई जानकारी नहुन सक्छ । त्यसैले यसको जानकारी सवैले जानीराख्नेहोस ।

कर्कलाका फाइदाहरु  
१. पिसाब पोल्ने समस्या हटाउँछ
कर्कलाको पातको रस १० ग्राम निकालेर ३/४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पिसाब पोल्ने समस्या हटेर जान्छ ।
२. वायू विकार भइरहेमा
लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ ।
३. हृदय रोगमा लाभदायी
हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ ।
४. उच्च रक्तचापमा
उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।
५. ब्लडप्रेसर नियन्त्रणमा राख्छ
यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।
६. घाउबाट रगत बगेमा
कर्कलाको काण्ड पोलेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घाउ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घाउबाट रगत बग्न छोड्छ ।
७. पित्तको समस्या भएमा
कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् । त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पित्तको समस्या हटेर जान्छ ।
८. दुध कम आएमा
बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।

कर्कलाका वेफाइदाहरु
१. घाँटीको जलन
घाँटीमा जलन भएका व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस् । यस्ता विरामीलाई कर्कला विष बनिन सक्छ ।
२. दमको विरामी
दमको विरामीले पनि कर्कलाको सेवन नगर्नुहोस् । कर्कलाको सेवनले पेटमा कफ बढाउन पनि सक्छ ।
३. वाथको रोग
वाथको रोग भएमा पनि कर्कलाको सेवन नगर्नुहोस् । यसको सेवन हानीकारक हुन्छ ।
४. गर्भवती महिलाले सेवन नगरेको राम्रो
गर्भवती महिलाले पनि कर्कलाको सेवन नगरेकै राम्रो हुन्छ । यसको सेवनले वात विकारको समस्या ल्याउन सक्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here