प्रधामन्त्री ओलीलाई `हाई’ भनेको केही दिनमै चलचित्र विकास बोर्डमा निकिताको `कम ब्याक’

चलचित्र विकास बोर्डमा निकिता पौडेल फर्किएर आएकी छिन् । ओली सरकारले तत्कालीन  शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गरेसँगै पदबाट बर्हिगमन भएकी उनी पुनः आफ्नो जिम्मेवारी सम्हालन आइपुगेकी छन् । अध्यक्ष निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै ओली सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् । 

सर्वाेच्चमा रिट दायर गरेसँगै सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णयलाई थाती राख्दै अर्को आदेश नआएसम्म निकिताले नै बोर्डको जिम्मेवारी सम्हालन सोमबार अन्तरिम आदेश दिएको छ । यससँगै निकिताको चलचित्र विकास बोर्डमा पूर्नबहाली हुने भएको हो । साथै यसअघि अध्यक्ष पौडेलले काठमाडौँमा बक्स अफिस लागू गर्ने लक्ष्य पनि पूरा हुने भएको छ । बोर्डले मंगलबारदेखि बक्स अफिस लागू गराउने तयारी गरेको छ । अध्यक्ष पौडेलले चलचित्र विद्यामा अमेरिकाबाट स्नाकोत्तर हुन्। 

पदबाट बर्हिगमन हुँदै गर्दा निकिताले जनआस्थामा साप्ताहिक पत्रिकामा लेखेको पत्र पढ्नुस् 
​हाई प्रधानमन्त्रीज्यू !
राजनीति नै गरेर मात्र ठूला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्ति किन स्वदेश फर्किनु रु अध्ययन र कार्यक्षमताको मूल्यांकन नहुने र ठूला नियुक्तिजति राजनीतिक दलका मानिसले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्किनु रु चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा मैले झण्डै ७ महिना काम गर्ने अवसर पाएँ । मेरो नियुक्तिलाई राजनीतिक भनिए पनि यसमा मेरो असहमति छ । म कहिल्यै कुनै पनि राजनीतिक दलको समर्थक, विरोधी, नजिक, टाढा भइनँ । यो मैले कहिल्यै नजानेको विषय हो । हिजो म अध्यक्ष नियुक्त हुँदा तत्कालीन सत्तारुढ कांग्रेसले पनि मेरो नियुक्तिको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ति भनेर तपाईंको सरकारले नियुक्ति बदर ग¥यो । म जस्ता स्वतन्त्र व्यक्तिले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त रु देशको मात्रै झण्डा बोकेर नपुग्ने रु कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो रु म चलचित्र बुझ्दै, हेर्दै र सिक्दै हुर्किएकी हुँ । लाइट, क्यामेरा, एक्सन मैले गर्भमानै सुनेका शब्द हुन् । यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ । यसै क्षेत्रमा समर्पित हुने उद्देश्यले मैले अमेरिकी युनिभर्सिटीबाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरेँ र मनभरि उमंग, जोश, जाँगर र सर्टिफिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्किएँ । १८ वर्षको इतिहास बोकेको चलचित्र विकास बोर्डका पूर्वअध्यक्षज्यूहरूले गर्नुभएको कार्यको मूल्यांकन गर्ने हैसियत त मेरो छैन तर ७ वर्षदेखि यो वा ऊ बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागू हुन तयार पारेका छौँ । यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाइ र अथक मिहिनेतको दिल खोलेर प्रशंसा गरेकी हुँ । यतिखेर जब बक्स अफिस लागू हुन केही दिन मात्र बाँकी छ यस्तो अन्तिम समयमा गरिएको नियुक्ति बदरले हाम्रो ७ महिनाको मिहिनेत पानीमा जाने प्रवल सम्भावना छ । म पछि नियुक्त हुने अध्यक्षज्यूको कार्यक्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबैभन्दा सक्षम नै मै हँु भन्ने दाबी पनि गरेकी छैन । तर, केही महिना मैले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धिबाट साँच्चै तपाईंको सरकार र माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्रीज्यूले गर्व गर्न पाउनुहुन्थ्यो ।

मेरो कार्यक्षमता र मैले सरकारलाई बुझाएको भावी योजनाको मुक्तकण्ठले तारिफ गर्नुहुने माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्रीज्यू र आदरणीय सचिवज्यूका स्याबासीहरू अझै पनि मेरो मानसपटलमा ताजा छन् । तर, त्यो स्याबासी र यो निर्णयबीच कुनै तारतम्य नमिलेकोमा दुःखी मात्र भएकी हुँ । मैले बकाइदा जाँच दिएर, अन्तर्वार्ता दिएर, खुला प्रतिस्पर्धामा आफूलाई सबै प्रतिस्पर्धीभन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ति हो । राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकबाट चुनिएको व्यक्तिको नियुक्ति कसरी राजनीतिक नियुक्ति भयो त्यो मैले बुझ्न सकेकी छैन । यो पत्रमार्फत मैले आफ्नो पुनर्बहालीको याचना गरेकी होइन । म २१ आंै शताब्दीकी सक्षम महिला हुँ प्रधानमन्त्रीज्यू, यो देशको संविधानले दिएको हकअधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु । जति समय मैले चलचित्र विकास बोर्डका लागि दिएँ, त्यति समय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो । चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णय गर्दा मैले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरूको समेत विपक्षमा उभिनुपरेको छ । बक्स अफिसको शुरुवात आफ्नै हलबाट गरेकी हँु, आफ्नै भाइले निर्माण गर्दै गरेको चलचित्र ‘रोजी’ को सुटिङ आफंै गएर रोकेकी छु र यस्ता अनगिन्ती दृष्टान्त छन् जसलाई प्रस्तुत गरिरहँदा आफ्नो बखान गर्न खोजेकी अर्थसमेत लाग्न सक्छ । मलाई सरकारी तलब, सुविधा, पद आदि कुनै कुराको पनि लोभ थिएन र छैन । खाली एउटा दुखेसो छ कि म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशिला युवा यहाँ छन्, जो आफ्नो देशमा केही गर्नुपर्छ भनेर लागिपरेका छन् । के तिनले पनि उच्च ओहोदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ रु चाकडी बजाउनै पर्छ रु यदि, कुनै पनि राजनीतिक दलको आशीर्वादबिना स्वतन्त्र नागरिक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाइँको समृद्ध नेपाल सुखी नेपालीको नारा समृद्ध नेता सुखी कार्यकर्ता मात्र बन्न पुग्नेछ । यो मेरो व्यंग्य होइन, चिन्ता हो ।

आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरि पनि मिल्नेछ भन्नेमा म आशावादी छु । र, म चलचित्र विकास बोर्डमा भए पनि नभए पनि मेरो नाभीसँगै गाँसिएको चलचित्र क्षेत्रको उत्थान, प्रवद्र्धनका लागि मेरो पूरै जीवन समर्पित छ । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेसनमा विश्वभरका सिनेमार्कीलाई सुटिङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने, फिल्म सिटी निर्माण गर्ने, पुराना चलचित्रलाई डिजिटाइज गरी भावी पुस्ताका लागि संरक्षित पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकलाई सम्मान गर्दै नयाँ जेनेरेसनका नवयुवक चलचित्रकर्मीसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कैयौँ मेरा योजनामा बे्रक लागेको छ । तर, चलचित्र विकास बोर्ड मेरो जागिर होइन, सामाजिक जिम्मेवारी हो । योगदान दिन पद नै चाहिन्छ भन्ने केही छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो कास्टिङ मात्र हो, मध्यान्तर पनि होइन, दि इन्ड त हुँदै होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here