यी हुन दोश्रो श्रीमान रोज्ने नेपाली नायिकाहरु

नेपाली सिने क्षेत्रमा एक पछाडि अर्को नायका तथा नायिकाहरुको सम्बन्ध विग्रने क्रम बढ्दै गएको छ । यही कारण हो पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै जानु । यसरी पहिला श्रीमान तथा श्रीमतीसँग सम्बन्ध विच्छेद गरी दोश्रो श्रीमान तथा रोज्ने तथा दोश्रो श्रीमती बन्न जाने नायिकाहरुको भीडमा थपिएकी छिन प्रिंया कार्की पनि । 
अलिेको चर्चित अभिनेत्री प्रियङ्का कार्की पहिला श्रीमान रोचक मैनालीसँग सम्बन्ध विच्छेद गरिन । यो सम्बन्ध विच्छेद गरेसँगै उनी लामो समयसम्म प्रेमी आयुष्मान देशराजसँग प्रेम सम्बन्धमा थिईन । आयुष्मान मेगा बैंकको डेपुटी सिइओ रविना देशराजको छोरा हुन । उनै आयुष्मान र प्रिंयका कार्कीबीच शनिवार इन्गेजमेन्ट भएको छ । प्रियंका र आयुष्मान झण्डै डेढ बर्ष प्रेममा थिए। प्रियंकाकी नातेदार समेत रहेकी पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छिन्।
यसरी पहिलो सम्बन्ध विग्रिएपछि दोश्रोश्रीमान रोज्ने नायिकाहरुमा प्रिंयका जस्तै  अभिनेत्री संचिता लुइँटेल पनि हुन । उनको पहिलो विवाह ब्यापारी आकाश साहसँग गरेकी थिईन । उक्त सम्बन्ध लामो समय चल्न सकेन । पहिलो सम्बध विच्छेद गरि उनी अभिनेता निखिल उप्रेतीको कान्छीस् श्रीमती बन्न् आइपुगेको धेरै समय भइसकेको छ ।  
यस्तै पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरी दोश्रो पति रोज्ने नायिका हुन सिम्पल खनाल । उनले म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग पहिलो विवाह असफल भएसँगै  बेलायत निवासी नविनसँग दोश्रो विवाह गरि घरजम गर्दै आएकी छिन्। 
यस्तै सौजन्य सुब्बाले पहिलो श्रीमानसँगको सम्बन्ध तोड्दै  भुपेन चन्दसँग  विवाह गरिन । नायिका पूजा चन्दको पहिलो घरबार विग्रिए पछि दोश्रो विवाह गरेकी हुन । सुरज चन्दसँग सम्बन्ध व्रेक गरी  राजु लामालाई रोजेकी थिईन । यस्तै  सारंगा श्रेष्ठ पनि दोश्रो विवाह  गर्ने नायिकामा पर्दछिन् । अमेरिकन नागरिकसँगको विवाह दीर्घकालसम्म अगाडि बढ्न नसकेपछि रमेश कार्कीसँग  दोश्रो विवाह गरेकी थिईन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here