रक्सीको तालमा मातिएर इन्द्रले गरे श्रीमतीको हत्या

  हिजो राती कैलालीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यस भएको छ । जिल्लाको लम्किचुहा नगरपालिका २ स्थित प्रतापुरमा  राती ९ बजेतिर रक्सी पिएर आएका ३३ वर्षीय इन्द्र चौधरीले ३२ बर्षकी श्रीमती गर्भा चौधरीलाई कुटपिट गर्दा उनको मृत्यु  भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि श्रीमान इन्द्र चौधरीले भने श्रीमती रक्सी सेवन गरेर सडकमा लडेर  मृत्यु भएको  छिमेकीहरुलाई जानकारी दिएका थिए । उक्त घटनाका बारेमा आज विहान मात्र त्यहाँका  वडाअध्यक्षले प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको प्रकृती हेर्दा हत्या गरेको  संख्या गरेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन । प्रहरीले मृतकका छोराछोरीलाई सोधपुछ गर्दा  गएराति बाबुले रक्सी खाई आमालाई कुटपिट गर्दा मृत्यु भएको रहस्य खुलेको घिमिरेले बताएका छन । प्रहरीका अनुसार, लौरोले हिर्काएको बताए पनि घाउचोट हेर्दा धारिलो हतियार प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ  । मृतकको शवलाई परिक्षण गर्नको लागि टिकापुर अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here