यी हुन विशाल हृदयका मेयर: जस्ले दिने भए आफ्नो कार्यकालभरीको तलब विद्यार्थीलाई दान

मुलुकको सबैभन्दा ठूलो महानगरपालिकालाई एक जना नगरपालिकाका मेयरले कडा चुनौती दिएका छन् । ‘राजनेता भए पछि तलब लिनु गलत हो । म पनि त्यो कोटामा पर्छु । कुनै नेताले तलब लिनु भनेको एकदमै गलत हो । राजनेता भए पछि त राजनीतिलाई विशुद्ध सामाजिक सेवामा बदल्ने आँट गर्नुपर्छ । मैले आफ्नो पाँच वर्षको पारिश्रमिक रकम सामाजिक सेवामा दान गरेको छु ।’ माथिको भनाई सुन्दा अचम्म लाग्छ । तर, यो भनाई यथार्थ हो । यो भनाई पाँच वर्षसम्म पारिश्रमिक नलिने प्रदेश नम्बर ५, रपन्देही तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेकोे हो । उनले आफ्नो कार्यअवधिभर एक पैसा पनि तलब नलिने घोषणा गरिसकेका छन् । र, राज्यबाट आफूले पाउने तलब विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउँने प्रतबिद्धता जाहेर गरेका छन् । 

अब, मुलुकको शिक्षा क्षेत्रको विकास जरुरी रहेको बताउँदै आफूले पाउँने पाँच वर्षसम्मको पारिश्रमिक रकम सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अर्पण गर्ने घोषणा गरेका छन् । नगर प्रमुख घिमिरेले अब पारिश्रमिक रकम नगरका सबै सामुदायिक विद्यालयका एक÷एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिस्वरु प्रदान गर्नेछन् । हाल नेपाल सरकारले नगरप्रमुअको मासिक तलब ३५ हजार कायम गरेको छ । मेयरका अनुसार हाल तिलोत्तमा नगरपालिकामा हाल ४४ वटा सामुदायिक विद्यालय छन् । 

मेयर घिमिरेले ती विद्यालयलाई आफूले प्राप्त गर्ने  मासिक तलब पालैपालै उपलब्ध गराउने भएका छन् । यो आर्थिक वर्ष नगरले शिक्षातर्फ कूल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरेको छ । जसभित्र शिक्षक, कर्मचारी तलब, सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माण, भवन रंगरोगनलगायतका कार्यक्रमहरु समावेश गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here