विज्ञ अर्थमन्त्रीले पनि लालबाबुको बाटो पछ्याए 

वाम सरकारले सुशासनको चर्को कुरा धेरै गरे । विकास र सम्बृद्धिको लागि सुशासनको खाँचो पनि पर्दछ । र, त्यहिँ सुशासनले कर्मचारी, जनता सबै सुखी हुने हो । तर, अहिले  भइदियो उल्टो । यसअघि जसरी एकाएक हिट भएका सामान्य प्रशाससनमन्त्री लालबाबु पण्डितले अहिले विधिलाई कुल्चिए । सरकारले लागू गरेको स्वेच्छिक अवकाशको नीतिलाई कुल्चिए । त्यसैगरी अर्थमन्त्रीले पनि विधिको शासनलाई लत्याए । नियम मिच्दै बजेट घोषणा गरे । मुलुक संघीयतामा गइसकेको छ । सांसदहरुलाई संसद विकास कोषको बजेट तीन करोडबाट बढाएर चार करोड पुराइयो । तर स्थायी सरकार मानिने कर्मचारीहरुलाई पान पक्ष गरियो ।

संसद विकास कोषका रकम तीन करोड बाट प्रति सांसद करोड थपेर चार करोड पुराइँदा कर्मचारीहरुको लागि जम्मा एक हजार वृद्धि गरियो महंगी भत्ताका नाममा । कर्मचारीहरुको तलव दुई दुई बर्षमा बढ्नु पर्ने हो । यो वर्ष पनि तलब बढ्नेमा कर्मचारीहरु आशावादी थिए । सरकारले कर्मचारीहरुलाई निराश तुल्यायो । तिनको मनोवल गिरायो । कर्मचारीहरुको तलब बढाउनका निम्ति राज्यकोषको ढुकुटी रित्तो भयो । सांसदहरुलाई एक एक करोड थपेर चार करोड पुराउनका लागि अर्थमन्त्रीलाई कुनै कोषले छेकेन ।

 जब कर्मचारी र देशको अर्थतन्त्र मजबुत बनाउने नायकहरु नै बिग्रिएपछि यो सरकारबाट कुनै आशा गर्न सकिने अवस्था पनि छैन । गर्नुपर्ने काम नगर्ने, नगर्नु पर्न कामहरु सरकारले जबर्जस्ती गर्न थालेको छ ।  हालै मात्र सरकारका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजानिक गरेका छन् । तिनका सम्पत्ति विवरण हेरौ,बैंक खाता चेक जाँच गरौं उनीहरुलाई के को समस्या छ र रु समस्यामा छन त कर्मचारीहरु । कर्मचारीलाई लात हानेर सुविधा पाएका सांसद, मन्त्रीमात्र होइन प्रधानमन्त्रीको चेक खाता हेरे पुग्छ, किन तलब वृद्धि नभएको रहेछ । बजेटमा सबै पक्ष नसमेटिनुमा विज्ञ भनेर कहलिएका अर्थमन्त्री डा। युवराज खतिवडाको पहिलो गल्ती त छदैछ । जब उनी लालबाबुझै बहकाउमा नलाग्नुपथ्र्यो तर लागिगए । भीरमा लड्न लागेको गाईलाई रामराम भन्न सकिन्छ तर काँध थाम्न सकिन्न ।

विज्ञ अर्थमन्त्रीले लालबाबुको बाटो नपछ्याई वा अरु कसैको कुरा नसुनी समग्र क्षेत्रको चिन्तन गरेर बजेटलगायतका योजना ल्याइदिएको भए ‘बेटर’ हुन्थ्यो ? अब यो वर्ष कर्मचारीको तलब नबढे पनि अर्को वर्ष पक्कै  बढ्नेछ भन्ने आशा राखौं  किनकि ०७६ सालमा आधिकारिक ट्रेड युनियनको अधिवेशन हुँदैछ । त्यसमा आफ्नो सरकार बनाउनुपर्ने हुन्छ र त्यतिबेला नै यो सरकारले आफ्नो छत्र छायाँ कायम राख्न तत्काल तलब बढाउनेछ । कर्मचारीहरु कामबाट भागेर जाने अवस्था त छैन । यद्यपि यो सरकारले र यो वजेटले कर्मचारीहरुको मन जित्न सकेन । 
 

LEAVE A REPLY