लालबाबु पण्डितसँग कहाँबाट थुप्रियो ५५ लाखको सम्पत्ति ?  

गत वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा लालबाबु पण्डितले १३ लाख १६ हजार खर्चिए । उनले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा बुझाएको उल्लेख गरिएको थियो । एमालेभित्रकै गरिब र इमान्दार नेताका छवि बनाएका पण्डितको चुनाव खर्च समेत विभिन्न सहह्ृदयीहरुले जुटाएका थिए । जसै मन्त्री पण्डित जनसंख्या तथा वातावरण हुँदै पुन दोश्रो पटक संघीय मामिलासहितको सामान्य प्रशासन मन्त्रालयको बागडोर स्म्हाल्न पुगे । ढिलै गरी वाम सरकारका मन्त्रीहरुले आफ्नो खर्च विवरण बुझाए । जहाँ सबैभन्दा बढी आश्चर्य चकित हुने खर्च विवरण थियो मन्त्री पण्डितको । सदाचारी मन्त्रीका रुपमा गनिएका र चिनिएका उनको असामान्य सम्पत्ति देख्दा अहिले धेरै जना चकित खाने अवस्थामा पुगेका छन् ।  मोरङमा गत बर्ष चुनावमा मतदाता माझ पुग्दा हाल मन्त्री भएका तिनै नेता साइकलमा सवार हुन्थे। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउने उनले आफूसँगै हिडेका कार्यकर्ताहरुलाई नै खर्चको व्यवस्थापन गर्न लगाएको विराटनगरका कार्यकर्ताहरु बिर्सिएका छैनन् ।  निर्वाचन सकिएर उनी मन्त्री बनेको चार महिना पुग्दैछ । उनले आफ्नो  श्रीमती बिमला पण्डितको नाममा एभरेष्ट र कृषि विकास बैंकको मुद्धति खातामा ३० लाख रुपैंया रहेको देखाइएको छ । यस्तै लालबाबु पण्डितको एभरेष्ट बैंकको मुद्धति खातामा २५ लाख रकम रहेको देखाइएको छ । नगद मात्र उनीसँग ५५ लाख रहेको देखाइएको छ । उक्त सम्पत्तिलाई स्वआर्जन,पुख्र्यौली र व्याजबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेखछ ।  

उनीसँग नगद बाहेक पनि १० तोला सुन र १५ तोला चाँदी समेत रहेको छ।   श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा रहेको पनि बताएका छन्। उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख  थियो । यो जग्गा समेत उनी  अघिल्लो पटक मन्त्री भइसकेपछि किनिएको देखिन्छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here