११ जनाले कञ्चनजंघाको सफल आरोहण, १२ जना अन्तिम शिविरमा

आज विहान सम्ममा ११ जनाले ताप्लेजुङमा अवस्थीत विश्वको तेस्रो अग्लो हिमशिखर(८,५८६) कञ्चनजंघाको सफल आरोहण गरेका छन भने आरोहणको क्रममा गएका १२ जना अन्तिम शिविरमा रहेकाए छन । जसमध्येमा पाँचजना नेपाली रहेका छन भने ६ जना भारतीय नागरीक रहेका छन । उनीहरुले आज विहान ८ बजेर १५ मिनेटमा सफल आरोहण गरेको एसियन ट्रेक प्रालीका म्यानेजर सञ्जय बराल काजुले जानकारी दिएका छन । निर्देशक दावा छिरिङ आफैंले नेतृत्व गरेर टोली लिएर गएका थिए । यो सिजनमा यसअघि पाँच जनाले आरोहण गरिसकेका छन् । तीन विदेशी र दुई नेपालीले गत बुधबार साँझ आरोहण गरेर फर्किएका हुन् । उनिहरुले एक्सपीडिसन वेस र सेभेन समिट प्रालिबाट गएर आरोहण गरेका थिए । आरोहण गरेका र गर्न नसकेकाहरु शनिबार हेलिकप्टरबाट फर्किएका छन् । कञ्चनजंघामा छ वर्षपछि सफल आरोहण भएको हो । सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाको ज्यान गएको थियो । त्यसपछिका दुइवर्ष कसैले आरोहणको प्रयास नै गरेनन् । गत वर्ष १४ जनाले गरेको प्रयास असफल भयो । यो वर्ष ४४ जनाले आरोहण अनुमति लिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here