भर्सटाइल थानेश्वर : जता पनि फिट,जता हात हाल्यो उतै हिट

लोक संगीतको खानी बाग्लुङमा जन्मिएका हुन्, थानेश्वर गौतम । बुवा छविलाल र आमा विष्णुकुमारी गौतमको एक्लो सन्तान उनी कलिलै उमेरमै संगीत मोहले च्याप्यो । तीन कक्षामा अध्ययनरत हुँदा उनी प्रख्यात बालकलाकार झैँ गीतको लय मिलाएर गाउँथे । एकल तथा सुखी परिवार भए पनि परिवार पाल्नलाई बुवा भारत गएर नोकरी गर्नुपर्ने बाध्यता थियो । भारतबाट घर फर्कँदा बुवाले रेडियो ल्याएका थिए । आमासँग घाँस काँट्न जाँदा साथमा रेडियो लिएर जान्थे । ठाउँ कुठाउँ रेडियो बोक्दा आमाले हकार्थे तर उनले साथमा रेडियो बोक्न छाडेनन् । अन्ततः एकदिन रेडियोको ब्याट्री सकिए पछि उनले रेडियो फाले तर बुवाको हातबाट धन्नैले बचे । उनी भन्छन्, ‘पुल्पुलिएको एक्लो छोरा भएर होला बुवाले हात हाल्नुभएन ।’अहिले उनै थानेश्वर दर्शकमाझ ‘युनिक’ लोक गायकका रुपमा परिचित छन् । उनी तीनै लोक गायक हुन्, जस्ले गजल, रोइला, सालैजो, पञ्चेबाजा सबै खालका गीतहरु गाउन सक्छन् । यीनै क्षमताका कारण आज उनी भ्याइनभ्याइ छन् । आफ्नो गीत÷संगीत प्रस्तुत गर्न विदेशबाट निम्ता आइरहेका छन् । 
घर नजिकै रहेको देवकोटा माध्यमिक विद्यालयबाट उनको अक्षराम्भ भयो । त्यतिबेला उक्त विद्यालय प्राथमिक तहसम्म अध्यापन हुन्थ्यो । निम्न माध्यमिक तह शिव निम्नमाध्यमिक विद्यालयबाट गरे । जनजागृती मााध्यमिक विद्यालयबाट एसएलसी अर्थात् एसइइ परीक्षा उत्तीर्ण गरे । हाल शिव माध्यमिक र जनजागृतीमा उच्चमाध्यमिक तहको अध्यापन हुन्छ । यसरी तीन तिरको स्कुल चहार्दै उनले विद्यालयस्तरको अध्ययन सकाए । गीत संगीतमा औधी रुचि भएकाले सानै उमेरदेखि उनले गीत लेख्न थाले । ‘कोइली चरी को हो को हो वन वनमा रुने ।’ सिकारीले गुलेलीले कोइली चरा मारेको देखेपछि उनले त्यो देख्न सकेनन् । अनि कोरिहाले, त्यो गीत । एसएलसीसम्म काँधमा रेडियो बोकेरै हिँडे । घाँसपात, गोठ जहाँ जाँदा पनि साथमा रेडियो हुन्थ्यो । एक छिन रेडियो छुट्यो भने चुरोट नपाएको व्यक्ति झैँ छटपटिन्थे । मेरो एकमात्र धोको थियो, रेडियो नेपालमा आफ्नो स्वर रेकर्ड गर्ने । आज त्यहिँ रेडियोले मलाई गायक बनायो । एसएलसी दिँदासमेत साथमा रेडियो लिएर परीक्षा दिएको थिए । मलाई रेडियोको नशा लागेको थियो । त्यो नशाबाट मुक्त हुन सक्दिनथे÷चाहन्नथे । एसएलसीपछि गीत÷संगीत पढ्ने एकमात्र धोको थियो । परिवारले गाउँमै बसेर अध्ययनसँगै मास्टरी गर्न सुल्झाए पनि अन्ततः म काठमाडौँ छिरे । अहिले संगीत विद्यामै स्नातकोत्तर सकाएको छु । 
गाउँमा मामाले किनिदिनुभएको गितार साथमा लिएर सपनानगरी राजधानी छिरे । मैतीदेवीमा कोठा भाडामा लिएर बसे । गितार उति मज्जाले बजाउन आउँदैनथ्यो तर जबर्जस्ती त्यो पनि सिके । राम्ररी नै बजाउन आउँछ । राजधानी छिरेपछि सुरुवाती दिनहरु दुःखमै विते । नयाँ ठाउँ नयाँ परिवेश अनि वातावरणले होला निक्कै उकुसमुकुस भयो । त्यसमाथि मासिक भाडा तिर्नुपर्ने, पढ्नुपर्ने चुनौती त भयंकर थियो । आज ती दिनहरु सम्झिँदा मन झसंग हुन्छ । रोजगार र गीत संगीत सिक्न जाँदा ठूला मानिसको हेपाहा प्रवृत्तिप्रति रिस उठ्थ्यो । सुरुमा काठमाडौँ आए पछि नरहरी प्रेमीसँग भेट भयो । उहाँ मेरो भिनाजु पर्नु हुन्छ । उहाँले यो क्षेत्रका सबैसँग चिनजान गराइदिनुभयो । म त्यो उहाँको त्यो गुन कहिल्यै बिर्सन्न । त्यसपछि मैले यो क्षेत्रमा जम्ने अवसर पाए । र, आफूले चाहेको क्षेत्रमा जम्दै गरेको छोटो समयमा मैले रमेश अधिकारीको ‘सोधौँ कस्लाई ?’ भन्ने गीत रेकर्डिङ गर्ने मौका पाए । ०५८ सालको कुरा हो यो । सानैदेखि जसरी हुन्छ, रेडियो नेपाल नै पुग्ने धोको भएकाले मैले दिनरात कडा मेहनत गर्न थाले । 
चैत ०५८ को समय थियो । रेडियो नेपालमा राष्ट्रव्यापी रुपमा लोकगीत प्रतियोगिता हुने खबर पाए । त्यो विगतदेखि साँचेको सपना थियो । र, भाग लिन रेडियो नेपालतिरै लागे । स्वर परीक्षण गराए, छनौट प्रतिस्पर्धा उत्तीर्ण पनि भयो ।  नारायण  रायमाझी दाईले अनेक हौसला थपिदिए । त्यसपछि बल्ल मेरो गीत संगीत क्षेत्रमा संघर्षका पाइलाहरु अघि बढे । परिवारको एक्लो छोरो काठमाडौँतिर गुमनाम झैँ भएकाले बुवा आमाले पनि पटक पटक गाउँ फर्कन ताकेता गर्नुहुन्थ्यो । तर, आफ्नो करिअरलाई आधी बाटोमै चटक्क छाड्न सकिने अवस्था थिएन । लक्ष्य, उद्धेश्य अनि रुचि संगीतमै भएपनि संगीत सिक्न गोजीमा पैसा हुँदैनथ्यो । यहिँ समस्या थियो, त्यतिबेला । तर, अहिले फर्केर हेर्दा ती संघर्षले नै काफी लाग्छन् ।
यसै शिलशिलामा ‘ख्यालख्लालैमा मै पनि परेछु माया जालैमा,’ रन्जना म्युजिकबाट रेकर्डिङ भयो । ‘नाकमा फूली ए मेरी ठूली’ रिबेल क्रियशसनले रेकर्डिङ गरेको उक्त गीतले बजारमा राम्रो छाप जमायो । त्यसपछि हालसम्म चारसय गीत रेकर्डिङ भएछन् । ‘नाकमा फूली सालैज्यू,’ ‘स्याङ्जा  माया पाल्पा माया,’ ‘छमछमी पाउँजु हातैमा चुरा’ लगायत दर्जनौँले बजारमा तहल्का पिट्यो । उनलाई सबैभन्दा बढी चर्चाको शिखरमा पुराउने गीत हो हत्तेरिका हतारैमा गाजल लगाइनछ्यौं । गजलकार पुरु लम्सालले लेख्नुभएको यो गजलमा थानेश्वरले स्वर दिएसँगै यही गजलले उनी वाहवाही कमाए । धेरै स्रोताको मन जित्न सफल भए । उक्त गजल गाएसँगै उनले पछाडि फर्केर हेर्नुपरेको छैन । 

रेखा थापाद्वारा निर्मित ‘रामप्यारी’ चलचित्रको ‘छमछमी पाउजु बजाएर नाच’ गीतले उत्तिकै बजार पायो । उक्त गीतले नेपाली गीत संगीत क्षेत्रमा नयाँ आयम थप्यो । खासगरी यो क्षेत्रका विद्यार्थी भएको नाताले यो विद्याको भाका नमारीकन गीत गाउन सक्छु । पूर्वेली, पश्चिमेली सबै खालका गीत संगीतका प्वाङहरु गाउन सक्छु । भोजपुरी, मैथीली कुनै पनि गीतले मलाई छुन्छ । त्यसैले पनि होला आज यो स्थानमा छु । 
अब केही समयमै दर्शकले मेरा नयाँ गीतहरु सुन्न सक्नुहुनेछ । ‘छ मसँग सबै छ’, ‘सक्दिन तिमीलाई  भुल्न,’ ‘टिपिक्कै चोलीको तुना,’ लगायतका गजलमुखी गीतहरु बजारमा चाँडै आउँदैछ । पोहोर साल तीजमा गाएको गजलमुखी गीत ‘नाचिन्छ, गाइन्छ आफू त तीजमा पनि गजल गाइन्छ ।’ ले निक्कै तहल्का मच्चायो । जुन गीत तीज पर्वलाई नयाँ शैलीतिर धकेल्न सफल भएको छ । मुख्यत गजलमुखी शैलीका गीत गाउन मन पराउने व्यक्ति हुनु र मेरो सानैदेखिको रुचि पनि यहि हुनाले गजलमुखी गीतहरुले चर्चा कमाउन सफल भएका छन् । यसरी गजलमुखी गीतहरु मात्र नभई सबै खालका गीतलाई पनि उत्तिकै रुपले प्राथमिकतामा राखेको छु । गीत संगीतमा क्षेत्रमा लागेर पैसा कमाउन गाह्रो छ भन्ने होइन । कस्ले कति साधना गरेको छ भन्ने हो । जस्ले यो क्षेत्रमा साधना गरेको छैन । मात्र झुलुक्क झुल्कन चाहान्छ उसका लागि यो क्षेत्र बन्द जस्तै हो । तर, जस्ले यो क्षेत्रको साधना र अध्ययन गरेको छ उस्ले एक दिन शिखर चुम्छ । जब साधना अध्ययनले मानिसलाई निखार्छ । जहाँ गएपनि उ आफ्नो क्षमताले मर्दैन । त्यसैले यो क्षेत्रमा पैसा कमाउन सजिलो छैन भन्ने चाहिँ होइन । अर्कातिर यो क्षेत्रमा सरकारतर्फबाट उचित नीति निर्माणको अभावचाहिँ छ । गीत निकाल्नपूर्व नै ‘पाइरेसी’को पीडामा गायक गुज्रनुपर्ने अहिलेको भयंकर स्थिति छ । यसर्थ, ती दिनमा जति यो क्षेत्रमा लागेर दुःख कष्ट खेपे । जसको वदलामा कमाए लाखौँका संख्याका फ्यान । जस्ले आज थानेश्वर भनेर चिनिएको छु । तर, जीवनकालमा यो क्षेत्रमा लागेर सफलता कमाएको आमालाई देखाउन सकिन । त्यतिमै दुःखी छु । पाँच वर्षअघि आमाको निधन भयो । सायद त्यो अवधिमा आमालाई मैले मेरो सफलता देखाएको भए आज थप उत्साहित हुने थिए । 

9nQbThCbRFo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here