बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा बन्दी जीवन विताई रहेकी एक तीन वर्षीय बालिकाको उद्धार गरेको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी जानकारी दिएका छन । आमासँगै ज्यान मुद्यामा विगत १४ महिना देखि राजविराज कारागारमा बन्दी जीवन विताई रहेकी ज्योतिको उचित शिक्षा दिक्षा र उज्वल भविष्यको लागि बालीकाको आमाको इच्छाअनुसार उद्धार गरिएको संस्थाकी अध्यक्ष इन्दिरा रानामगरले बताएकी छन । उक्त सस्थाले कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरूका लागि एकथान पानी तान्ने मोटर र अध्ययनका लागि केही पुस्तकसमेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।
Fresh Now
महिनावारी हुदाँ पेट दुख्छ ? यी कुराहरूकाे सेवन गर्नुस् आराम मिल्छ
डा भोला रिजालमहिनावारी हुदाँ प्राय सबै महिलाहरुले केहिन केहि मात्रामा पीडा भएको अनुभव गरेकै हुन्छन् । महिनावारीको समयमा कतिपयलाई सामान्य पीडा हुन्छ भने कतिपय ...
शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू
डा हेमराज कोइराला
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञान सम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ...
भुसाल बने भन्सार विभागका महानिर्देशक, सुमन दाहाल अर्थको प्रवक्ता
अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति...