२ करोड ६० लाख नक्कली नोट सहित लुट चलचित्रका निर्माता माधव वाग्ले पक्राउ

२ करोड ६० लाख ६३ हजार नक्कली नोट सहित चलचित्र निर्मातालाई प्रहरीले पक्राउ गरेको छ । चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता माधव वाग्ले सहितका ६ जनालाई पक्राउ गरी भर्खरै प्रहरीले सार्वजानिक गरेको हो । पक्राउ पर्नेहरुमा वाग्लेसहित  महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको हो ।  चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ । प्रहरीका अनुसार बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापीतलाई छाप्न दिएका थिए । 

सबै नक्कली नोट नापितको छापामा छापिएको थियो ।   उनीहरुले विभिन्न होटल, योनकर्मी, जुवा, लागुऔषध कारोबारीको प्रयोग गरेर तथा सक्कलीमा मिसाएर नक्कली नोटलाई बजारसम्म पुर्याउने गरेका प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here