खानेपानीको मुहान नै सुक्न थालेपछि

केहिसमय अघि देखि शुरु भएको गर्मि सँगै डडल्धुराका अधिकांस गाउँपालीकामा भएका पानीका मुहानहरु सुक्दै जान थालेका छन ।  स्थानीयवासीहरु भन्छन, ग्रामीण भेगमा जथाभावि रुपमा जंगलको बीचबाट सडक निर्माण कार्य गर्नाले मुलहरु सुक्दै गएका छन । यसका साथै पछिल्लो समयमा जलवायु परिवर्तनका कारण र विकास निर्माणका नाममा पानीको मुहान भएका क्षेत्रमा सडक निर्माण गर्नाले पानीका मुहानहरु सुक्दै गइरहेका हुन । विगत केही वर्ष यतादेखि डडेल्धुरामा पानी सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय, डडेल्धुराका प्रमुख राजकुमार शाक्यले बताए । जंगलमा जथाभाबी सडक निर्माण हुनु र हेभी इक्युपमेन्टको प्रयोगले मुहानक्षेत्रको भू–भाग कम्पनका कारण प्रभाव पर्दा पानीका मूलमा असरपरी सुक्न थालेको विशेषज्ञहरु बताउँछन् ।डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकिसकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन् । केही वर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ । ।पुर्खौँदेखि सञ्चालनमा रहेका पानीका मूलहरुमा समेत खानेपानी अभाव हुन थालेको नवदुर्गा १ सुनकोटका स्थानीयबासीले बताउँछन् ।खानेपानीका मुहानमा पानीको सतह कम भएसँगै जिल्लामा निर्माणका लागि सर्वे भएका केही खानेपानी योजनाको निर्माण कार्य बन्द भएको छ । समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविश्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । यसरी गाउँमा पानीको अभाव हुनथालेपछि स्थानीयवासीहरु घरदेखि  घण्टौं हिडेर पानी ल्याएर खाने गरेका छन भने मुहान सुकेका कारण पानीको अभाव हुदै गएकाले सवै चिन्तित भएका छन ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here