जिल्लाको शुक्लाफाँटा नगरपालिका १२ का ८८० घरपरिवार दुषित पानी पिउदै आइरहेका छन । जमिनमा गाडिएको हेन्डपम्पबाट आउने दुषित पानीको प्रयोगले बुढापाका, युवायुवति सवै जना प्रभावित भएका छन । पानीमा आउने पहेलो पदार्थका कारण विभिन्न किसिमका रोग देखापर्ने गरेको छ । पानीका कारण रोगले ग्रसित भएका विरामी उपचार गराउन लामो समय सम्म स्वास्थ्य चौकि धाए पनि छाला सम्बन्धि रोग भने पुर्ण रुपमा निको नहुने त्यहाँका वडा सदस्य बलदेव भट्टले जानकारी दिएका छन । धेरै जसो दमलपट्टि, चित्रपुर, कालागौंडी, आन्ध्राजाला, तिलकपट्टिलगायत क्षेत्रका बासिन्दा दूषित पानीका कारण बढी प्रभावित रहेका छन् । उनिहरुले विभिन्न निकाय सँग पानी चेकजाँचका लागि आग्रह गरेपनि अहिले सम्म कुनै पनि निकाय पानीको चेकजाँच गर्न नआउदा त्यहि पानी प्रयोग गर्दै आइरहेका छन ।नगर विधान अधिवेशनका क्रममा समेत बोतलमै पानी भरेर लगेर देखाएका छौँ वडादस्य भट्टले भन्नुभयो, “शुद्ध पेयजलका लागि खानेपानी आयोजना निर्माण गर्न दबाब दिने कार्य गरिए पनि सुनवाइ हुन सकेको छैन ।” ३०/३५ फिटमै आउने उक्त पानीले विभिन्न रोगले सताउने गरेको छ भने उर्को तिर भाँडा तथा कपडाहरु धुँदा पनि दागै दाग लाग्ने समस्या रहेको स्थानीयवासिहरुको भनाइ रहेको छ ।
Fresh Now
महिनावारी हुदाँ पेट दुख्छ ? यी कुराहरूकाे सेवन गर्नुस् आराम मिल्छ
डा भोला रिजालमहिनावारी हुदाँ प्राय सबै महिलाहरुले केहिन केहि मात्रामा पीडा भएको अनुभव गरेकै हुन्छन् । महिनावारीको समयमा कतिपयलाई सामान्य पीडा हुन्छ भने कतिपय ...
शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू
डा हेमराज कोइराला
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञान सम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ...
भुसाल बने भन्सार विभागका महानिर्देशक, सुमन दाहाल अर्थको प्रवक्ता
अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति...