सुन्दा अचम्म लाग्न सक्छ तर बास्तविकता हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ । वनस्पतिविद्का अनुसार छैटौँ/सातौँ शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एकपटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंबदन्ती छ ।छैटौँ र सातौँं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवद्र्धन ९सलहेस० को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ ९हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ० का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए । भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने । सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य संगठनलाई सुसगठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ । राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाइ देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम–दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हार (माला) का रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा विस्तारै मौलाउँदै जान्छ । किंबदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिने पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर साहले भने– “यो एउटा मात्र यस्तो स्थान हो जसलाई सबै समुदायले पुज्ने गर्छन् । राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँगाउँमा गीत र महराईमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको संवद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने हो ।” राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्ने नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष शैलेन्द्र झाको कथन छ । बैशाख १ गतेका दिनमात्र फुल्ने उक्त ठाउँमा साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ । यस्तो चमत्कारीक फूल हेर्न नेपालका विभिन्न ठाउँबाट लगाएत भारतबाट समेत असंख्य मानिस आउने गरेको पाइन्छ ।
Fresh Now
महिनावारी हुदाँ पेट दुख्छ ? यी कुराहरूकाे सेवन गर्नुस् आराम मिल्छ
डा भोला रिजालमहिनावारी हुदाँ प्राय सबै महिलाहरुले केहिन केहि मात्रामा पीडा भएको अनुभव गरेकै हुन्छन् । महिनावारीको समयमा कतिपयलाई सामान्य पीडा हुन्छ भने कतिपय ...
शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू
डा हेमराज कोइराला
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञान सम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ...
भुसाल बने भन्सार विभागका महानिर्देशक, सुमन दाहाल अर्थको प्रवक्ता
अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति...