एमाले सांसद पुत्रीले मिस नेपालको ताज पहिरिएपछि……

कुनै समय थियो कम्युनिष्ट नेताहरु मिस नेपाल प्रतियोगिताको चर्काे विरोध गर्दथे । विरोधका बाबजुत पनि हिडेन टे्रजरले मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना गरिरह्यो । र,यो पटक अन्य पटकको मिस नेपाल प्रतियोगितामा भन्दा फरक दृश्य देखियो । त्यो हो मिस नेपालको ताज एमाले सांसदको पुत्रीको पोल्टामा पर्र्यो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत श्रृंखला खतिवडा यो वर्षको मिस नेपाल बन्न सफल भईन । बुधबार भएको फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल– २०१८ को उपाधी जितेकी हुन्।

हेटौंडाकी उनका बुबा आमा नै सांसद छन्। बुबा बिरोध खतिवडा केन्द्रीय संसदमा छन् भने आमा मनु सिग्देल ३ नम्बर प्रदेशकी सांसद हुन्।

  बेलुका राजधानीमा भएको फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिसन नेपाल भएकी हुन्। उनी आर्किटेक्ट इन्जिनियरिङकी बिद्यार्थी हुन्।

त्यस्तै गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here