लोक्ताबाट कागज बनाएर आत्मनिर्भर बन्दै

तेह्रथुम स्थित फिदिम नगरपालिका ३ का महिलाहरु स्थानीय स्तरमा उत्पादीत हुने अर्गेली (लोक्ता) बाट कागज बनाएर आत्मनिर्भर बनेका छन । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रति सम्म कागज बनाएर नै मासिक २५ हजार देखि ३० हजार सम्म आम्दानी हुने गरेको स्थानीयवासि लीला राईले जानकारी दिएकी छन । जंगलमा पाइने अर्गेली (लोक्ता) को बोक्रा निकालेर पकाएपछि कागज बनाउन चाहिने पदार्थ तयार हुन्छ । लालीखर्कका पुरुष वैदेशिक रोजगारीमा रहेका र महिलाको रोजगारी भने हाते कागजमै रहेको छ । मेची राजमार्गले छोएको लालीखर्कका अधिकांश महिलाको आम्दानीको स्रोत नेपाली हाते कागज बनेको छ । यस क्षेत्रका महिला दुई दशकदेखि कागज बनाउदै आएका छन् । उत्पादीत हाते कागजको प्रति मुल्य २५ रुपैंया रहेको राइले जनाइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here