लागुऔषध सहित भारतिय शचिकान्त पक्राउ

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा लागुऔषध लुकाइछिपाई लैजाँदै गर्दा एक जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मणिपुरका २४ वर्षीय शचिकान्त कुशवाह रहेका छन । उनने गाडीमा लुकाइछिपाइ गरेर १६० किलोग्राम ५०० ग्राम लागुऔषध चरेस भारत निकासी गर्नको लागि लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त प्रहरी टोलीले उक्त लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिइएका छन । पक्राउ परेका शचिकान्तलाई हिरासतमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here