पत्नी वियोगमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ

हास्यकलाकार मदकृष्ण श्रेष्ठ पत्नी वियोगमा परेका छन् । उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।

यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । उनको मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतलाई उधृत गर्दै डा रविन्द्र समीरले जानकारी दिए । मदनकृष्णले ३५ वर्षअघि यशोदासंग अन्तर्जातिय बिहे गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here