लसुन र प्याजको उत्पादन ओरालो लाग्दै

अन्य तरकारीको तुलनामा लसुन र प्याज उत्पादन गर्नको लागि धेरै समय पर्खिनु पर्ने हुँदा किसानहरु यसको कम खेति गर्दै आईरहेका छन । नेपालमा अरु तरकारीहरुको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने घट्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताएका छन ।
काठमाडौँ उपत्यका र त्यस आसपासमा असोज–कात्तिकमा लसुन रोपेर वैशाख–जेठमा टिप्ने गरिन्छ । लसुन प्याजको उत्पादनका लागि ६,७ महिनासम्म कुर्नुपर्ने भएकाले पनि किसानले त्यसको सटटृा अन्य तरकारीहरु जस्तै तरकारी उत्पादन गर्न तर्फ किषान अग्रसर भएको देखिन्छ । एक दशकयता अरु खालका तरकारीको आयात ह्वात्तै घटे पनि लसुन र प्याजको भने बढेको छ । भारतबाट सस्तो मूल्यमा भित्रने हुँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने चिन्ताले कम मात्रामा लसुन र प्याज रोप्ने गरेका हुन् । लसुन र प्याजमा आत्मनिर्भर बनाउने हो भने सरकारले नै किसानलाई प्रोत्साहनका कार्यक्रम गर्नुपर्छ ।उनले भने, “हामीले किसानलाई घाटा हुँदैन भनेर विश्वस्त नबनाएसम्म हामी यी उत्पादनमा आत्मनिर्भर बन्न सक्दैनौँ ।” नेपालमा किसानहरु व्यवसायिक बन्दै गए पनि दिन प्रतिदिन किसानहरु छोटो र सरल तरिकाले पैसा कमाउन तर्फ लागेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here