मुर्गाको खोजीमा नायिका रेखा थापा

मुर्गा हन्टिङ सिने नगरीमा नौलो कुरा भएन् । पछिल्ला समयमा यस्ता पनि नयाँ अनुहारका कलाकारहरु देखिएका छन जो आफैले लगानी गरेर नायक ÷नायिका बन्ने रहर पूरा गरिरहेका छन् । तर केही यस्ता सेलिव्रेटी पनि छन जो हरेक वर्ष एउटा पैसावाललाई मूर्गा बनाएर चलचित्र निर्माण गर्ने गर्दछिन् । वर्षमा एउटा चलचित्र निर्माण गर्दै आएकी रेखा थापाले हालै लाल मस्तिक नामक चलचित्र बनाउने घोषणा गरिन् । जहाँ मूर्गाका रुपमा भेटिए नर कार्की र तारा थापा राणा मूर्गा फेला पारेपछि उनले लाल मस्तिक बनाउने घोषणा गरेकी हुन ।

 योसँगै आमालाई निर्मात्रीको रुपमा अगाडि सारेर आफ्नो चलचित्रको पर्दामा देखिने रहर पूरा गर्दैछिन् । चलचित्र निर्देशनको जिम्मा सम्झना उप्रेती रौनियारलाई दिइएको छ भने वितवरणको कार्य विकास वोर्डको अध्यक्ष निकिता पौडेलले सम्हाल्दै छिन् ।
यस अगाडि झण्डै आधा दर्जन चलचित्र बनाउने घोषणा गरेकी रेखाका ती चलचित्र घोषणा मात्र हुनु र निर्माण नहुनुको मुख्य कारण उनले खोजेजस्तो मुर्गा फेला नपर्नु प्रमुख कारण ठान्छन कलाकारहरु नै । 

यो बीचमा रेखाले निर्माण गर्ने घोषणा गरेको रुद्रप्रिया,तथास्थु,पलाँस,डायरी,कस्ले चो¥र्यो मेरो मन फेरि लगायतका आधा दर्जन चलचित्र खोजेजस्ता मूर्गा फेला नपरेपछि ती चलचित्र निर्माण हुन सकेका थिएनन् । शंका छ यही भीडमा लालमस्तिक त थपिने होइन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here