यीनको पनि खुट्टी देख्दै चाल पाइयो

उनको पनि खुट्टी देख्दै चाल पाइयो । चलचित्र विकास वोर्डले पहिलो महिला अध्यक्ष त पायो,गर्वको विषय हो । तर तिनै अध्यक्ष आफ्नो ओहदा र पदको दुरुपयोग गर्दै हुने÷ नहुने सबै काम गर्न थालेकी छिन् । प्रंसग हो वोर्ड अध्यक्ष निकिता पौडेलको ।
कहिले मन्त्री पद गुमाइसकेका व्यक्तिलाई बोकेर दोलखातिर पुग्ने र वोर्डमा रहेको तीन करोड झ्वाम पार्ने धन्दा चलाइन् । वालुवाटारमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेर राजीनामा दिँदै गर्दा मोहन बस्नेतलाई बोकेर दोलखा पुगेर फिल्म सिटीको उद्घाटन गराइन । उद्घाटनमा मात्र तीन करोड रकम झ्वाम पारिएको हो । यो प्रकरण सेलाउन नपाँउदै उनले अन्य फिल्मकर्मीहरुलाई पाखा लगाँउदै आफ्नो बहिनी,बहिनीको प्रेमी लगायतको एउटा टोलीलाई तालिमका लागि बोर्डको सिफारिसमा भारत पठाएको रहष्य सार्वजानिक भएको छ । भारतीय दुतावासको आह्वान र विकास वोर्डको सिफारिसमा भारतको फिल्म तथा टेलिभिजन ट्रेनिङ ईन्टिच्युट (एफटिआईआई)मा फिल्म पढ्नको आश्मा डिसी र संयम पुरी, यशराज गराच, रोहित रुम्बा लगायतलाई निकिताले त्यता पठाएकी हुन् । आश्मा निकिताको बहिनी हुन भने संयम आश्माको व्याई फ्रेण्ड । भारतमा २० दिन चल्ने फिल्म तथा टेलिभिजन सम्बन्धि तालिम लिएर फर्किए लगतै उनीहरुलाई विकास वोर्डका डकुमेन्ट्रि तथा छोटा चलचित्र निर्काण गर्ने जिम्मेवारी बहिनी र उनको व्याई फ्रेण्डलाई दिने निकिताको तयारी रहेको विकास वोर्ड निकट स्रोतले जनाएको छ । इ टिकेटिङ गर्ने सर्भरको काम हतार हतार सुविसु केवललाई दिइएको छ । विना टेण्डर सुविसुलाई यस्को जिम्मा दिएर निकिताले मन्त्रीलाई बुझाएको कोसेली असुल उपर गरेको चर्चा विकास वोर्डतिर चल्ने गरेको छ । उता अर्काे रमाइलो बालाजुमा उनकै वुवा तथा कमल थापाका पार्टीका कोषाध्यक्ष समेत रहेका उद्धव पौडेलको शालिक बन्दैछ । जिँउदो मान्छेको शालिक बनाउन थालिएपछि अहिले उद्धव समेत आलोचनाको पात्र बन्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here