तरकारीवाली कुसुम श्रेष्ठ लम्फुको परखाईमा

 

तरकारीको भारी बोकेको फोटो भाईरल भए सँगै चर्चामा आएकी कुसुम श्रेष्ठ अहिले आफ्नो अभिनित चलचित्र लम्फुको रिलिन हुने दिनको पर्खाईमा बसेकी छिन । उनले अभिनय गरेको उक्त चलचित्र आउदो बैशाखको पहिलो हप्तामा रिलिज हुदैछ । सामाजिक संजालमा भाइरल भए सँगै उनलाई थुप्पै फिल्महरु तथा म्युजिक भिडियोको अफर आको तर आफ्नो पढाई बिग्रीन्छकी भनेर धेरै अफरहरु अस्विकार गरेका कुसुमले बताईन । लम्फुको रिलिन पछि दर्शकको प्रतिकृया कस्तो आउछ अनि मात्र अर्को फिलिममा खेल्ने उनले जानकारी दिईन । अहिले उनि चितवन स्थित कोस्ट मोडल कलेजमा वाणिज्यशास्त्रमा स्नातक तहमा अध्यनरत कुसुम परिक्षाको तयारीमा बसेकी छिन । पहिलो फिल्म खेल्दा अभिनय गर्न आउदैनकी भन्ने डरले उक्त फिल्मा अभिनय गर्न अस्विकार गर्न खोजेको थिए तर निर्देशकले सजिलै सँग अभिनय गर्न सिकाएपछि भने आफु ढुक्क रहेको अनुभव पनि उनले सुनाईन । अहिले उनलाई सवैले तरकारीवाली भनेर बोलाउछन तर आफु तरकारीवालीबाट नै चर्चामा आएको हुनाले यो उपनामले बोलाउदा कसैलाई नरिसाउने जानकारी उनले दिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here