गोंगबुँ बसपार्क नजिक डिस्को क्लव संञ्चालनमा


गोंगबुँ बसपार्कमा अहिले लाइभ ब्याण्डसहित डिस्को क्लव संञ्चालनमा आएको छ । उक्त क्षेत्रबाट डिस्को क्लवको मनोरन्जन लिनको लागि युवा तथा पर्यटकहरु अनेत्र जाने गरेकाले केहि युवा व्यवसायिहरु मिलेर सोहि क्षेत्रमा क्लव संञ्चालन गरेको क्लवका प्रोप्राईटर विनोद पौडेलले जानकारी दिनुभयो । यो भन्दा पहिला यस्ता क्लवहरु राजधानीका ठमेल र दरबारमार्गमा मात्रै संञ्चालनमा आएका थिए । यसरी गोंगबु बसपार्कमा संञ्चालनमा आउदा नजिकका युवा तथा पर्यटकहरु खुशिभएको जानकारी संचालक दिपक विश्वकर्माले दिनुभयो । उक्त क्लव राति ७ बजे बाट संचालनमा आउने जानकारी उहाँले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here