प्रदेश ६ : केही कार्यलय खारेजी हुँदै ,केही गाँभिदैं

प्रदेश नम्बर ६ को मुकाम सुर्खेतको विरेन्द्रनगरमा सरकारी कार्यालयहरु धमाधम स्थानान्तरण हुदैँ छन् । प्रदेश मन्त्रालय व्यवस्थापनका लागि प्रयोग हुने भएपछि हाल रहेका क्षेत्रीय कार्यलय र जिल्ला स्तरिय कार्यलयहरु स्थानान्तरण हुने भएका छन् । हाल रहेका केहि क्षेत्रिय कार्यलयहरु मन्त्रालयमा गाभिदै छन् भने केहि कार्यालय खारेज हुने भएका छन् । कतिपय जिल्ला स्तरिय सरकारी कार्यलय समेत स्थानिय तहमा स्थानान्तरण हुने भएका छन् ।

हालको शैक्षिक तालिम केन्द्रलाई स्थायी प्रदेशसभा हल र प्रदेश सभामुख कार्यलयको लागि तयारी गर्न थालिएको छ । हालको शैक्षिक तालिम केन्द्रलाई जिल्ला शिक्षा कार्यलय रहेको भवनमा सार्ने अन्तिम तयारी भएको छ । अहिले रहेको जिल्ला शिक्षा कार्यालय स्थानिय तहमा जाने प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव सुरेश प्रधानले जानकारी दिए ।

सरकारकारबाट अहिले रहेका क्षेत्रीय कार्यालय र जिल्ला स्तरिय कार्यालयलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै निर्देशन नभएकाले समस्या भएको उनले बताए । ‘सरकारले कुन कार्यालय खारेज हुने, वा कुन मन्त्रालयमा गाभिने र कुन कार्यालय स्थानिय तहमा जाने ठोस निर्णय भएर आएको छैन ।’ उनले भने, ‘जसरी भएपनि मन्त्रालय र हालको कार्यालयलाई व्यवस्थापन गर्नै पर्ने बाध्यता छ ।’ अहिले कार्यालय व्यवस्थापनका लागि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको बैठक बसेर अन्य नँया संरचना अहिले तत्काल उपलब्ध नभएकाले भैरहेका कार्यालयका भवनहरुमा व्यवस्थापन गर्ने निर्णय भैसकेको उनले बताए ।

त्यसैगरी, प्रदेश प्रमुखको कार्यालय, निवास र सचिवको कार्यालय क्षेत्रीय वन र क्षेत्रीय वन तालिम केन्द्रमा बसे पछि हाल रहेको क्षेत्रीय वन र क्षेत्रीय वन तालिम केन्द्रलाई हालको क्षेत्रीय सिचाई तथा क्षेत्रीय सुपरिवेच्क्षण कार्यालयमा सार्ने तयारी भएको छ । त्यसैगरी हाल रहेको क्षेत्रीय सुपरिवेच्क्षण कार्यालय खारेज हुने भएको छ ।
प्रदेश गृहमन्त्रालयका लागि जिल्ला कृषि विकास कार्यालयको भवनमा तयारी गरिएको छ । हाल रहेको जिल्ला कृषि विकास कार्यालय स्थानिय तहमा जाने जनाईएको छ । त्यसैगरी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा तयारी गर्न थालिएको छ । हाल रहेको क्षेत्रीय शिक्षा निर्देशनालय प्रदेश शिक्षा स्वास्थ्य तथा सामाजिक मन्त्रालयमा जाने जनाईएको छ ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय सडक, डिभिजन सिचाँई र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका ३ वटा भवनको तयारी गरिएको छ । हाल रहेका यी कार्यालय भने यसै मन्त्रालय अन्तरगत पर्ने भएकाले सर्न नपर्ने देखिएको छ ।

प्रदेश कृषि सहकारी पशुसेवा तथा भुमी व्यवस्थापन मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय पशुसेवा निर्देशनालय र क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालाको भवनमा राखिने तयारी हुदैँ छ । यी कार्यालय पनि यसै मन्त्रालय अन्तरगत पर्ने भएकाले सर्न नपर्ने देखिएको छ ।

Loading...

LEAVE A REPLY