प्रशासन कार्यालयमा तालाबन्दी

प्रदेश नं. १ को राजधानी धनकुटामा बनाउनु पर्ने माग राख्दै प्रशासन कार्यालयमा तालाबन्दी गर्न गरिएको टोली विच झडप भएको छ । निरन्तर चलिरहेको आन्दोलनको ३३ औं दिनमा प्रदेशसभाका सांसदद्वय नीरन राई र इन्द्रमणि पराजुलीको नेतृत्वमा पूर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालयमा तालाबन्दी गर्न जाँदा उक्त झडप भएको हो । प्रशासन कार्यालयको अगाडी रहेको सुरक्षाकर्मिको घेरा तोडेर कार्यालयको कम्पाउडमा पुगी क्षेत्रीय प्रशासक नहुदा पनि क्षेत्रीय प्रशासक सिंहविरुद्ध नारावाजि गरेर तालाबन्दी गरेको आन्दोलनका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो । यसरी एक्कासी आन्दोलनकारीहरुले आमहड्ताल घोषण गरेपछी त्यहाँका विभिन्न शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय र धनकुटाका बजारहरु बन्द छन । त्यस्तै गन्तव्यमा हिडेका यात्रीहरु कोशि राजमार्गका विभिन्न ठाउँमा अलपत्र अवस्थामा परेका छन । आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै धरानतर्फ जाँदै गरेको चन्द्र राईको को२६प ५६११ नंको पल्सर बाइकमा तोडफोड गरेका छन । यसरी महिनौ सम्म चलिरहेको अनिश्चितकालिन आमहडतालले काशि पहाडको जनजिवन प्रभावित बन्दै गएको छ ।

Loading...

LEAVE A REPLY