भाटभेटनीका मालिक मीन बहादुर गुरुङको सफलताको दश रहस्य

नेपाल बैंकको जागीर छाडेर चौबीस वर्षअघि सानो ब्यापारमा लागेका मीनबहादुर गुरुङ कसरी नेपालको सुपर मार्केटको ब्यवशायका अग्रणी बने रु उनको ब्यापार ब्यवशाय अविच्छिन्न रुपमा देशब्यापी हुनु पछाडिका कारण के हुन् रु नाम र दामसंगै भाटभटेनी सुपरमार्केटलाई सुपर बनाउन मीनले प्रदर्शन गरेको जादु अचम्मको मात्र छैन, ज्ञानवर्दक पनि छ ।

भाटभटेनी सुपरमार्केटका शुरुवातकर्ता र संचालक मीनबहादुर गुरुंगसंग आफ्ना एमबिए अध्ययन गर्दै गरेका विद्यार्थीहरुको केही जिज्ञासा रहेको बताउँदा उनी एकदमै खुशी भए । विद्यार्थीहरु भविष्यका हरेक क्षेत्रका वास्तविक नेता भएकाले आफू उनीहरुसंग कुराकानी, वहस र छलफलमार्फत विचार आदानप्रदान गर्न सदैब तयार रहेको उनले बताए । उनीसंगको बसाई र कुराकानी एक उद्यमीसंग भन्दा बढी ब्यापार ब्यवशायका प्राज्ञिक व्यक्तित्व, उद्यमशीलताका लगनशील प्राध्यापकसंग वार्तालाप गरिरहेको अनुभूति भैरह्यो ।

कुराकानीको सार यही स्तम्भमार्फत व्यवस्थापनका विद्यार्थी, अन्य उद्यमी र सर्वसाधारणहरुसम्म पु¥याउन सकियोस् भनी उनको जीवनको लामो यात्राका कथाहरु खोतल्ने प्रयास गरिएको हो । उनी उनका पुराना केही साथीहरुसंगै यो लेखकसंग आफ्रनो साठी वर्षे जीवनका भोगाई, अनुभव र सिकाईहरु सफलताका गाथाका रुपमा सुनाउँदै गए

को हुन् मीनबहादुर गुरुङ्ग ?

दूर्गम पहाडी जिल्ला खोटाङ्गको एक विकट गाउँमा मध्यम बर्गीय किसान परिवारमा बि।सं।२०१४ सालमा जन्मिएका मीनबहादुर गुरुङ्गले विद्यालय स्तरको शिक्षा गाउँमै पाए । एसएलसी पश्चात महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आईए पास गरि २०३१ सालमा उनी काठमाण्डौ प्रवेश गरे । २०३२ सालमा खुल्ला प्रतिस्पर्धाबाट नेपाल बैंकमा कार्यसहायक पदमा जागिर शुरु गरे ।

बैंकको जागीरमा मात्र उनी भुलेनन् । २०३४ सालमा त्रि–चन्द्र कलेजको रात्रीकालिन कक्षामा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिई बीए पास गरे । नियमीत बैंकको काम गर्दा गर्दै केहि समय बेतलबी विदा समेत लिई उनले त्रिभुबन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरबाट २०३९ सालमा अर्थशास्त्रमा एमए पास गरे ।

२०५० सालमा नेपाल बैंकको अधिकृत पञ्चम (सहायक प्रबन्धक) पदबाट राजीनामा गरेर जागिर छाडे । जागिर पश्चात भाटभटेनी, नक्सालमा सामान्य तर सम्पूर्ण उपभोग्य सामानहरुको खुद्रा बिक्रिकक्ष सहितको डिपार्टमेन्टल स्टोर खोलेर ब्यवशायमा लागे । उनी रुपमा उद्यमी÷व्यापारी बने ।

जागिरपछि व्यापार

विश्व प्रसिद्ध खुद्रा व्यापारीक संस्था डिपार्टमेन्ट स्टोर वालमार्ट, आहदा जस्तै सम्पूर्ण उपभोग्य सामाग्रीहरु उपलब्धहुने र ग्राहकहरुले खुद्रा मुल्यमा आफ्नो आबश्यकता, चाहना र उपलब्धताको आधारमा उपभोग्य सामाग्रीहरु एकै स्थान वा एउटै छाना मुनीबाट किन्न सक्ने व्यवस्था सहितको डिपार्टमेन्ट स्टोर भाटभटेनी सुपरमार्केट, २०५० साल भाद्र १ गते बिधिवत उद्धघाटन भयो ।

सुपरमार्केट शुरु गर्नु भन्दा पाँच बर्ष पहिल्यैदेखि गुरुङ्गकी धर्मपत्नीले भाटभटेनीमा नै दुईबटा पसल ९कवल० भाडामा लिई खुद्रा पसल कोल्डस्टोर सञ्चालन गदै आएकी थिईन् । ब्यापारको त्यही अनुभवले जागिर गरेर मात्र जीवन निर्वाह मात्र हुन्छ, केही गर्न सकिन्न भन्ने बुझेर उनी जागीर छाडेर व्यापार व्यावसायमा लागेका हुन् । उसो त जागिर गर्दा गर्दै पनि उनले पत्नीले शुरुगरेको पसलमा विहान, बेलुकी र विदाको समयमा पर्याप्त समय दिंदै आएका थिए । तर जुन दिन उनले नेपाल बैंकको जागिर छाडे, त्यसै दिनदेखि उनी आफ्नो व्यापार ब्यवशायमा पूर्णकालिन बनेर लागे ।

त्यस दिनदेखि उनी अविच्छिन्न रुपमा व्यापार व्यावसायमा छाएका छन् । उनले पछाडि फर्केर हेर्नु परेको छैन । नाम र दाम दुबै कमाएका छन् र आफ्नो नाम सुपरमार्केट ब्यवशायमा रोशन गरिरहेका छन् । सुप्रसिद्ध व्यापारीको रुपमा राष्ट्रिय ख्याती कमाएका छन् । शीर्षस्थानमा स्थापित भएका छन् ।


भाटभटेनी सुपरमार्केट

काठमाण्डौको नक्सालस्थित भाटभटेनी मन्दीरको दक्षिण पूर्व आग्नय दिशामा भाटभटेनी सुपरमार्केटको नाममा पच्चीस वर्षअघि शुरु भएको डिपार्टमेन्ट स्टोर अहिले देशका प्रमुख शहरहरुमा विस्तार हुँदै आफ्नै भवनमा सञ्चालनमा आईरहेको छ ।

काठमाण्डौ भाटभटेनीमा मात्र ११ रोपनी क्षेत्रफलमा फैलिएको डिपार्टमेन्ट स्टोर देशका प्रमुख शहरहरुमा एकपछि अर्को शाखा विस्तार गरिरहेको छ । त्रिपुरेश्वर बाहेक भाटभटेनी, महाराजगञ्ज, बालाजु, चुच्चेपाटि, कोटेश्वर, कृष्णगल्ली–पाटन, कलंकी, भक्तपुर, पोखरा, बुटवल, चितवन र धरानमा आफ्नै जग्गामा बनेका भवनहरुमा सञ्चालनमा रहेका छन् ।

भाटभटेनीको व्यापारमा पाँच हजारको संख्यामा नेपाली नागरिकहरुले रोजगारी पाईरहेका छन् । आम उपभोक्ताले आफ्नो रुची र आबश्यकताका सामान एकै स्थानमा पाईरहेका छन् । उनले गर्वका साथ भने, २०३१ सालमा खोटाङ्गबाट खालिहात काठमाण्डौ छिरेको ठिटोले अहिले पाँच हजार भाई बहिनीहरुलाई रोजगारी दिन सकेको छु । यो भन्दा ठूलो गौरव मेरो लागि के हुन सक्छ रु

सफलताको खोजी

सकारात्मक सोधखोजको प्रश्नको ढाँचा बमोजिम उनको सफलताको कथा खोजियो । पहिलो खोज । कुन त्यस्तो तत्व हो जसले उनलाई व्यवसायमा लागि रहन र सफलता हासिलगर्न सम्भव भईरहेको छ रु

मुस्कुराउँदै उनले भने, मेरो आत्मैदेखि यो मानव चोला सित्तिमित्ति पाएको होईन । यो चोलामा आफू बाँचुञ्जेल असल काम गरिरहनुपर्छ । यस्तो भावना कता कताबाट मनमा आईरहन्छ कुन्नि ?

त्यसो त म आफैं पनि सफल खुद्रा व्यापारीहरुको सफलताका कथाहरु पढ्ने गर्छु । अन्य सफल व्यक्तिहरुको जीवनी पनि खोजीखोजी पढ्ने आदत पनि होला मेरो सफलताको रहस्यको एउटा पाटो १ अरुको सफलता पढ्यो अनि त्यसबाट प्रभावित बनेर आफू सफल बन्न निरन्तर लागि रह्यो । यसो गर्दा आफैंमा सफलता आउँदो पो रहेछ, मलाई त यस्तो पो लाग्न थालेको छ, उनले भने ।

हेर्नुहोस्, एकै दिनमा ६५ हजार वटा बील काट्ने सफलता पाइयो । इमान्दार बनेर काम ग¥यो भने के हुँदो रहेनछ रु सफलता नै सफलता खोज्दै आउदो रहेछ, उनी मज्जाले हाँसिरहे ।

सफलताका लागि हामीले भाटभटेनीमा तीन ‘स’ भन्ने गरेका छौ । भाटभटेनीको तीन स हो– सफा, सहज र सस्तो । सफा ठाउ, गुणस्तरीय सामान र आमउपभोक्ताले सहजै र सस्तो मूल्यमा खरिद गर्न सकुन् भन्ने धारणालाई हामीले आफ्नो मूल मन्त्र बनाएका छौं, उनले सजीलै भने ।

भविष्यको सपना

दोश्रो खोज हो, सपना १ गुरुंगको भविष्यको सपना के रहेको छ रु जवाफमा उनले सहजै भनी पनि हाले, म सामान्य किसान परिवारको छोरो हुँ । मेरो सपना भनेकै मेरो खुद्रा व्यापार आगामी दश बर्ष भित्रमा ७५वटै जिल्लाहरुमा भाटभटेनी फैलाऊँ भन्ने नै हो ।

त्यसबाहेक देशका सबैजसो साना ठूला शहरहरुमा समेत भाटभटेनीका शाखा खोल्न सकांै । २४० वटा शाखा मार्फत देशभरका उपभोक्ताहरुलाई गुणस्तरीय सामान तुलनात्मक रुपमा सस्तो मूल्यमा सहज तथा अविच्छिन्न रुपले उपलब्ध गराउँन सकौं ।

सामाजीक तथा साँस्कृतिक क्षेत्रमा समेत जनताले महसुश गर्ने खालका स्वास्थ्य सम्बन्धी केही सेवाहरु उपलब्ध गराउँन सकौं । कम्तीमा पचास हजार नागरिकहरुलाई प्रत्यक्ष रोजगारी दिन सकौं । देशलाई सबै भन्दा धेरै कर तिर्ने करदाता बन्न सकौं । यहि हो, मेरो दश बर्षको सपना १

सपना प्राप्तिको योजना

तेश्रो चरणमा उनका सपना पुरा गर्ने के कस्ता योजना छन् भनी सोधियो । उनले बीना हिचकिचाहट प्रष्ट्याए, व्यावसायको विस्तारको लागि र सपना पूरागर्न मसँग व्यावशायिक एवं प्राविधिक साथीहरुको टिम छ । आबश्यकता अनुसारको वित्तीय सहयोग प्राप्त भैरहेको छ । भोली पनि पाई रहनेछु भन्ने विश्वास ममा उत्तिकै छ ।

जग्गा किन्दै, भबन बनाउँदै, व्यापार विस्तार गर्दैछु । सबै काम योजना अनुसार नै भैरहेका छन् । मैले बनाएको योजना समय सिमा भन्दा पहिल्यै सम्पन्न हुने गरेका छन् । म योजना अनुसार नै चल्ने ब्यक्ति भएको हँुदा भविष्यको लक्ष्य प्राप्तिको लागि नयाँ नयाँ योजनाहरु साथ अगाडि बढि रहेको छु । यसको डिजाईन तन, मन र धन लगाएर गरिरहेकोछु ।

योजना कार्यान्वयनको सुनिश्चितता

चौथो चरणमा, उनको योजना कार्यान्वयनको सुनिश्चिता, प्रतिवद्धताका बारेमा जिज्ञासा राखियो । यसको पनि सहज जवाफ दिँदै उनले भने, ईमान्दारीता, कडा परिश्रम र निरन्तरताकासाथ योजना अनुसारको कार्ययोजना ‘एक्सनप्लान’ अनुसार प्राथमिकता र आवश्यकता अनुसार काम गर्दै जाने हो भने अबश्य लक्ष्यमा पुगिन्छ भन्ने विश्वास ममा छ ।

उद्यमशील सफलताका दश आधार

भाटभटेनीको विस्तार, मीनबहादुरको उद्यमशीलता र सफलतालाई सुत्रबद्ध गर्ने कोशिस गरियो । यसमा उनीसँगै उनका निकटस्थ रहेर काम गरेका उनका साथीहरुसँग पनि छलफल गरियो । उनका आनीबानी र स्वाभावप्रति चीरपरिचितहरुसँग छलफल गरियो ।

छलफलका निश्कर्षहरुलाई व्यवहार विज्ञानको कसीबाट विष्लेषण गर्दा ज्यादै रोमाञ्चित हुने खालका निम्न दश बुँदागत निश्कर्ष निष्किएका छन् ः

पहिलो – इमान्दारीता

मीनबहादुरसँग बर्षौंदेखि व्यवहार गर्दै आएका उनका अन्तरङ्ग मित्रको अनुभवमा उद्यमशील व्यक्तिको र व्यावशायिक सफलताको पहिलो कडि नै ईमान्दारीता हो । जबसम्म व्यक्ति स्वयम्मा र उसको व्यावहारमा ईमान्दार रहिरहन्छ, बोली र व्यावहार एउटै हुन्छ अनि उ सफल हुन्छ ।

व्यक्तिगत सफलता र व्यावशायिक सफलताको पहिलो आधार भनेकै ईमान्दारीता हो । मीनबहादुर गायत्री मन्त्र झै यसलाई जपिरहने मात्र होइन, कठोर बनेर व्यवहारमा उतार्दा पनि रहेछन् ।

दोश्रो – मेहनत र कडा परिश्रम

एकदिन भित्रको चौबीस घण्टामा आबश्यकता अनुसार बाह्रदेखि अठार घण्टासम्म खट्न सक्ने उद्यमशील व्यक्तिले छिट्टै सफलता हातपार्न सक्छ भन्ने मान्यता स्थापित भयो, मीनबहादुरको कडा परिश्रम गर्ने बानीले । उनलाई आफ्नो कामबाट कमै थकान लाग्छ ।

स्वयम् भन्छन्, विहान ८–९बजे देखि काममा लागिन्छ र बेलुकी ९ः३० सम्म त निरन्तर नै काममा खटिइन्छ । अनि, कडा परिश्रम गर्ने आदतले गर्दा राती एघार नबज्दै मस्तसंग निदाईन्छ । कडा परिश्रम गर्नु र गहिरो निन्द्रा पर्नु भनेको स्वास्थ र सफलताको अर्को कडि हो ।

तेस्रो– बज्र आर्थिक अनुशासन

व्यावशायिक र व्यक्तिगत जीवनमा प्राप्त हुने सफलताको अर्को आयाम नै बज्र आर्थिक अनुशासन भएको बताउँछन्, मीनबहादुर । उनीसंगै बैंकमा जागीर खाएका र जागीर छोडेपछि पनि उनीसँग व्यवहार गरिरहेकाहरु मध्येका एक बैंकरले हाकाहाकी भने, मीनबहादुर यस्ता ऋणी हुन् जसले तोकिएको समयमा तिर्नुपर्ने समय अर्थात डटमा रकम जम्मा गरिसक्छन् । गुण पेमेन्ट सिष्टममा छन् । गुड क्लाईन्ट हुन् ।

यतिसुनेपछि संगैरहेका मीनबहादुरका अर्का साथीले थपीहाले–व्यावशायिक जीवन र व्यक्तिगत जीबन दुबैमा उनको बज्र आर्थिक अनुसाशन कायम रहने गरेका छन् । उनको सफलताको अर्को आधार भनेकै कठोर आर्थिक अनुशासन हो । आर्थिक मामिलामा उनी कहिल्यै तलमाथी हुन दिदैनन् । जस्तै कठिन अबस्थामा पनि आफ्नो प्रतिवद्धता सधै पुरा गर्छन् ।

गुरुङ्गले लामोसमयदेखिका टिप्पणीकार साथीहरुतिर हेर्दै भनिहाले, घाँटिहेरी हाड निल्ने बानि गरे, आर्थिक अनुशासन पालना भैहाल्छ नि १

चौथो – निरन्तरता

संगै रहेका उनका अनन्य मित्रको सुनाए, कुनै समय मीनबहादुर भनिरहन्थे, होइन निरन्तर लागि रह्यो भने हेरीहेरी पनि ढुङ्गा पगाल्न सकिन्छ है १ काममा सफलता आउन थालेपछि भन्ने साहस पनि आउँदो रहेछ । उद्यमशील व्यवशायीको सफलताको अर्को आधार व्यावसाय वा पेशा प्रतिको निष्ठा हो । भनौंन, आफ्नो कामप्रतिको निरन्तरता नै हो । धैर्यता पूर्वक अविचलित कर्ममा लाग्नु नै निरन्तरता हो ।

पाँचौं– सरल जीवनशैली

शुरुदेखि नै मीनबहादुरको जीवनशैलीबाट अत्यन्त प्रभावित उनका मित्रले भनि त हाले, उसको लवाई, खवाई, बोली चाली, भाषा शैली, बस्उठ् रहन सहन यति सरल र सादगी छ कि नजिकबाट नचिन्ने र व्यवहार नगर्नेले पत्तो नै पाउँदैन कि यो व्यक्ति यति धनी र सफल व्यावसायी हो भनेर । वास्तविक समाजसेवीहरुको झै सादा जीवन उच्च बिचार नै उसको सफलताको महत्वपूर्ण अर्को कडि हो ।

उनका नजीकका आफन्त भन्दा रहेछन्, मीनबहादुर मात्रै होइनन् उनकी धर्मपत्नी, छोरा बुहारी, छोरी ज्वाई, नजिकका ईष्ट मित्रहरुमा समेत उनको सरलपन र सादगी जीवनशैलीको प्रभाव झल्कन्छ ।

छैठौं – सिक्ने उत्सुकता र अभ्यास

मीनबहादुर सफल व्यक्तिहरुको जीवनी खोजीखोजी पढि रहँदा रहेछन् । नयाँ नयाँ विषय बस्तु र आविष्कारहरुको बारेमा पनि उनलाई उत्तीकै चासो रहेछ । खोजी गर्ने र सिक्न तत्पर हुने मीनबहादुरको बानी नै बसेको रहेछ ।

त्यसवाहेक उनी नयाँ नयाँ पुस्तकहरु पनि पढि रहने रहेछन् । आफूले घुमेका देशहरु ९उनले विश्वका पचासांै देश घुमेका छन्० मा भएका नयाँ नयाँ कुराहरु बारे उनी जानकारी राखिरहने मात्र होइन, त्यसका बारेमा फलोअप पनि गरिरहने बानी रहेछ । निरन्तर सिकिरहने, अध्ययन गरिरहने बानी सफलताको लागि उर्जा हुने रहेछ ।

सातौं – समय व्यवस्थापन र श्रोतसाधनको अधिकतम उपयोग

संसारमा उपलब्ध श्रोत साधनहरुमा अत्यन्तै दुर्लभ साधन हो, समय १ समयको महत्व राम्रोसँग बुझेका छन् उनले । सयमको सधैं ख्याल गर्दारहेछन् । उनले भनिपनि हाले, सयम बलबान छ ।

समयले श्रोत साधनलाई प्रभाव पार्छ भन्ने देख्न र व्यवहार गर्न खप्पिस रहेछन् उनी । उनका एक मित्रले भनी पनि हाले, समय व्यवस्थापन र अन्य श्रोत साधनको सहि सदुपयोग गर्न मीनबहादुरको दैनिकी र विधि व्यवहार हे¥यो भने आफू पनि सफल हुइन्छ जस्तो लाग्छ, हाँस्दै उनले दावी नै गरे ।

आफ्नो भनाइको पुष्टी गर्दै उनले भने, उनी बैंकमा कामगर्दा कर्मचारी युनियनमा पनि संलग्न थिए तर यूनियनको अफिसमा पनि जो साथीहरु बीना काम गफ गरेर बसेको देख्ने यिनको पारा तातिहाल्थ्यो । फोकटिया गफाडीलाई उनी देखिसहन्न थिए । उनले ठट्यौलो पारामै थपे, लौ मीनबहादुर आयो है भनेपछि गफिहरु हच्कन्थे ।

अर्का मित्रले थपिहाले, मीनले समयको महत्व अचम्मसंग हामीलाई बुझाएका थिए । मीन दशैंको टिकाको दिन र तिहारको भाईटिकाको दिनमात्र चाड मनाउँछन् । चाड भनेर हप्तौं भोज भतेर पार्टि गर्ने प्रबृत्तिका सख्त विरोधी हुन है मीन । आजभोलि बदलीएकी उनैलाई सोध्नुपर्छ भनेर उनी मज्जासंग खितखिताएर हाँसे ।

मीनले मसिनो स्वरमा भने, बानी उही छ मित्र, बदलिएको छैन । उमेरमा नबललिएको बानी बुढेसकालमा के परिवर्तन हुन्थ्यो रु

आठौं – जीवनप्रति सकारात्मक दृष्टिकोण र सहयोगी व्यवहार

मीनबहादुर सार्थक जीवन जिउनुपर्छ भन्ने मान्यता राख्दा रहेछन् । उनले भने, मानिसको जन्म लिएपछि मानवको हितहुने काममा निरन्तर लागि रहनु पर्छ । असल कर्म गर्नुपर्छ । सेवा भाव राख्नुपर्छ ।

मीनले स्वास्थ्य, शिक्षाको क्षेत्रमा ठूलो धनराशी खर्चेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा इमर्जेन्सी सेवा सञ्चलन निम्ति भवन सहित सेवा सुविधा प्रदान गरेका छन् । विभिन्न दुर्गम जिल्लाबाट उच्चतम् अंक ल्याई चिकित्साक्षेत्रमा अध्ययन गर्नेहरुलाई आफ्नै खर्चमा डाक्टर पढाईरहेका छन् । अहिलेसम्म मीनले ६५ जनालाई डाक्टर पढाइसकेका छन् । मीनबहादुरका साथीहरु भन्छन्, मीनबहादुरले आफ्ना नजिकका थुप्रै साथीहरुलाई घर बनाउन र विरामी पर्दा आर्थिक सापटि पनि दिने गरेका छन् ।

त्यो पनि निव्र्याजी, उनका एक मित्रले प्रष्ट्याउदै भने । मैले घरबनाउन लाग्दा अलिकति पैसाको गाह्रो परेको थियो । मीनजीले भनेको अहिले पनि मेरो कानमा गुन्जीरहेको छ, मेरो साथी बिरामी पर्दा र घर बनाउँदा पनि मैले उसलाई सहयोग गर्न सक्दिन भने म कसरी उस्को साथी हुन्छु रु तपाई पत्याउनु हुन्छ, उनले दिएको त्यो सापटि दशबर्ष पछि मात्र मैले फिर्ता गरें । ब्याज मरिगए लिएनन् ।

नवौं –सात्वीक भोजन र निद्रा

आहार निद्रा भय मैथुन त जुनसुकै प्राणीमा हुने कुरा हो । तर मानिसमा हुनुपर्ने आहार, विहार र विचार हो –आध्यात्मिक विषयमा चासो राख्नेहरुले दोहो¥याइरहने भनाइ हो यो । मीनबहादुर सधैं योगाभ्यास गर्दा रहेछन् । भने, जस्तो भोजन ग¥यो, त्यस्तै विचार आउँछ र ब्यवहार पनि हुन्छ ।

यही पूर्वीय मान्यता पहिल्याउदै मीन जप, तप, ध्यान, पुजा पाठ नियमित गर्दा रहेछन् । सात्वीक भोजन उनको आहार रहेछ । गहिरो निन्द्रा -(मस्त)ले अहिले पनि उनी निदाउदा रहेछन् । जाँड, रक्सी, चुरोट, सुर्ती केहिका अम्मली रहेनछन् ।

उनको संगतले आफूले रक्सी छोडेको बताउँदै एक व्यावसायीले भने सात्वीक भोजन र निद्रा व्यक्तिको सफलता र सार्थक जीवनको एक कडि हो । हामीले त छँदैछ, मीनबहादुरसँग अहिलेको उपभोक्तावादी समाजले यो बानी सिक्ने हो भने उसको जीवनमा परिवर्तन संभव छ ।

दशौं – निरन्तर अनुगमन

भोली गर्ने काम आज गर्ने । भरे गर्ने काम अहिल्यै गर्ने । अब गर्ने भनिएको तत्कालै गरिहाल्ने अभ्यास गर्दा रहेछन् मीनबहादुर । त्यसैले कसैलाई दिईएको जिम्मेवारी समयमा पूरा भयो कि भएन रु उनी नियमित अनुगमन गर्दा रहेछन् । त्यसैले भाटभटेनीमा कुरा होइन, काम हुनेरहेछ । त्यहाँ कार्यरत मेनेजरदेखि कामदारसम्म जुनसुकैबेला काममा दत्तचित्त हुनुको रहस्य यो पो रहेछ १ मीनबहादुरको सफलताको अर्को कडि रहेछ, निरन्तर अनुगमन !

 सदृश्यबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here