छ करोडको लागतमा प्लास्टिक उद्योग

img 5

बिर्तामोड नगरपालिका–२ मा रु छ करोडको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ ।

दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप, पिभिसी पाइपलगायत उत्पादन सुरु गरेको उद्योगका सञ्चालक प्रकाश सिटौलाले जानकारी दिनुभयो ।

उद्योगको आज एक कार्यक्रमबीच झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गर्नुभयो । एक सयजनालाई रोजगार दिने उद्देश्यका साथ स्थापित सो उद्योगले आगामी दिनमा सेक्सन पाइप, गार्डेन पाइप र प्लास्टिकका सकेट समेत उत्पादन गर्ने लक्ष्य राखेको अर्का सञ्चालक गोपाल मैनालीले बताउनुभयो । गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here