भुसाल बने भन्सार विभागका महानिर्देशक, सुमन दाहाल अर्थको प्रवक्ता

अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा थिए ।

मन्त्रालयका सहसचिवहरु हेरफेर भएका हुन् । स्रोतका अनुसार मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका भुसाल भन्सार विभागको महानिर्देशक नियुक्त हुँदा दाहाल अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको हो । उनले अर्थको प्रवक्ताको जिम्मेवारी निभाउनेछन् ।यता राजस्व अनुसन्धान विभागका महानिर्देश दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ल्याइएको छ ।
मन्त्रालयका प्रवक्ता अर्थात् योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरे आर्थिक नीति विश्लेषण महाशाखामा सरूवा भएका छन् । उता, आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा भने दुई सहसचिव शम्भु मरासिनी र आनन्द काफ्लेलाई ल्याइएको छ । विमानस्थल भन्सारमा भने लक्ष्मीप्रसाद निरौलालाई तोकिएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here