नेपाल प्रहरीका ११ एसपीको सरुवा (सूची)

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुन महिनाभित्रै लागू हुने गरी उनीहरू सबैको सरुवा भएको हो । प्रहरी महानिरीक्षकको १४ फागुनको निर्णयानुसार फागुनको तलबभत्तासमेत हालको सरुवा भएको दरबन्दीबाट पाउने गरी ११ जना एसपीको सरुवा भएको हो ।गोरखामा शेखर खनाल, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर, महोत्तरीमा दिनेश कुमार आचार्य र बर्दियाको प्रहरी प्रमुुखमा ईश्‍वर कार्कीलाई सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु सबैको सरुवा फागुन महिनाभित्रै लागू हुने गरी भएको हो।

 

 

गृह मन्त्रालयले पनि आज शुक्रबार नै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको हो । सरुवा हुनेमा सवैभन्‍दा बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ) छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here