नेकपा विवाद : देव गुरुङलाई बर्खास्त गरेर भट्टराईलाई बनाइयो प्रमुख सचेतक

नेकपा ओली समूहले देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here