
काठमाण्डौको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ ।
तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा हिजो एकैदिन साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ । विभागले ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरेको जनाएको छ ।
विभागले बर्डफ्लु नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।
तारकेश्वर नगरपालिका १ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन(कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्ययन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।
बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने र २ देखि ३ महिनाभित्र किसानले क्षतिपूर्ति पाउने तारकेश्वर नगरपालिकाका वडा सदस्य कुँवरले बताए छ ।