
कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई पहिला वीर अस्पताल लगिएको थियो । उनको आकस्मिक अपरेसनको तयारी गरिएको चिकित्सकले बताएका छन् । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।