यी हुन् १ करोड १७ लाख अपचलन गर्ने मालपोतका लेखा अधिकृत

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृतलाई ठूलो रकम अपचलनमा पक्राउ गरेको छ।

सीआईबीले लेखा अधिकृत रिठ्ठे परियारलाई काठमाडौंबाट बुधबार पक्राउ गरेको हो। परियारसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन भएको सीआईबीले जनाएको छ।

सीआईबीकी प्रवक्ता गंगा पन्तले परियारविरुद्ध लिखतसम्बन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको खुल्न आएकाले पक्राउ गरिएको जानकारी दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here