नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिना लोकसेवा सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तर

जीवन निर्वाहका विभिन्न विकल्पहरू रहेका हुन्छन् । सबैले आफ्नो आफ्नो क्षमता, योग्यता र सीप बमोजिमको पेसा, व्यवसाय अपनाएका हुन्छन् । त्यसमा कुनै निकाय, संस्था वा सरकारी कार्यालयहरू जागिरकालागि उत्तम विकल्प हुन सक्छन् । यस्ता विकल्पहरूमा पछिल्लो समय सरकारी जागिर धेरैको आकर्षणको केन्द्र बन्दै गएको छ । स्थायित्व, सेवाको सुरक्षा, भविष्यको योजना लगायतका सुविधाहरूले गर्दा तलबमान अन्य निजी तथा गैर सरकारी संस्थाहरूको तुलनामा कम भए पनि जागिरका लागि सरकारी सेवाले महत्त्व पाउँदै गएको यथार्थ हो । अझै पनि निजामती सेवा तर्फ प्रवेशको लागि चेतना अर्थात् ज्ञानको कमी हुनु, भौगोलिक विकटता तथा सूचनाको कमीले गर्दा निजामती सेवामा पहुँच स्थापित हुन नसके पनि पछिल्लो समयमा गरिएको समावेशी लगायतका व्यवस्थाले सरकारी सेवामा प्रतिस्पर्धाको लागि अवसर नपाएका गुन्जनहरु बिस्तारै कम हुँदै गएका छन् ।
निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेद्वार चयनका गर्न परीक्षा लिने काम लोक सेवा आयोगले लिने प्रावधान नेपालको संविधानले गरेको छ । लोक सेवा आयोग प्रतिको भरोसा, विश्वसनीयता र साखले गर्दा दूर दराजमा रहेका व्यक्तिहरू समेत निष्पक्ष प्रतिस्पर्धाका लागि एक मात्र रोजाइ लोक सेवा आयोगको परीक्षालाई बनाएका कारण बजारमा योग्य जनशक्तिको हरेक वर्ष वृद्धि हुँदै गएको छ । हजारौँ व्यक्तिबाट सीमित व्यक्तिले मात्र सेवामा प्रवेश गर्ने अवसर पाउने हुँदा लोक सेवा परीक्षा पास गर्नु एक चुनौती नै बनेको छ । जहा इच्छा त्यहाँ उपाय भने जस्तै कडा परिश्रम र मेहनत गर्ने व्यक्तिहरू सेवामा प्रवेश गर्ने सम्भावना प्रबल हुन्छ । प्रस्तुत लेख विषयगत लेखमा कसरी पढ्ने र लेख्ने बारेमा केन्द्रित रहेको छ । यसका लागि तल उल्लिखित केही उपायहरूलाई मनन गर्नु जरुरी छ ः
नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक तयारी भने गर्नुपर्ने बताए ।तिमल्सिनाले सृजनशील भएर पढ्न विद्यार्थीहरूलाई सुझाव दिए । लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरूलाई उनले दिएका टिप्स यस्ता छन् :

१.लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचारखाका निर्माण गरेर पढ्नुपर्छ ।
२. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।
३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।
४.खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ ।
५.शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमा लागेर चौथो पत्र छान्नु हुँदैन ।
६. सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।
७. आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ ।
८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here