गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह, दुबै जना क्रिश्चियन धर्ममा

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् । गायिका पन्तले बुधबार प्रेमी थीर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । अन्जु र थीरले चर्चमा क्रिश्चियन परम्परा अनुसार बिहे गरेकी हुन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ। दशक अगाडि अञ्जुको गायक मनोजराज सँग डिभोर्स भएको थियो। उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन्। करिब ४ बर्षदेखी प्रेम सम्बन्धमा रहेका उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here