हिजो भाइहरुले लड्डु खाए, भोलिबाट मेरो राजीनमा माग्न थाल्छन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले केही प्रभाव नपर्ने बताएका छन् ।
बालुवाटारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले अदालतको फैसला सामान्य रहेको र त्यसले आफुलाई कुनै प्रभाव नपर्ने बताएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले अदालतको फैसलाप्रति खुसी मनाएको भन्दै उनीहरुले एक अर्कालाई खुवाएको लड्डुप्रति बटाक्ष गरे ।‘हिजोको अदालतको फैसला सामान्य हो । मेरा केही भाइहरुले लड्डु ख्वाँइ ख्याइ गरेछन् । लड्डु खुवाएर के हुने हो ?, खुसी भएर, जित्यौं हामीले भनेर होला,’ उनले भने । प्रचण्ड नेपाल समूहले आफ्नो राजीनामा माग्नु ठिक नभएको उनको भनाई थियो । ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ’, उनले भने, ‘त्यता पट्टि चिन्ता गर्नु पर्दैन । जिन्दगीको कुनै ठेगान छैन् । मरेपछि केही अर्थ छैन् । जबसम्म जुन जिम्मेवारी लिएको छ पुरा गर्छु ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here