प्रचण्ड र माधवलाई गद्दार! बाबुराम र झलनाथलाई मानासिक रोगीः बस्नेत

नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्।

‘केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ ।’अबको राजनीतिक विकल्प भनेको कांग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो।काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ,’ बस्नेतले भने।

नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाइ थियो। त्यस्तै , बस्नेतले पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र झलनाथ खनाललाई मानासिक रोगी भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै बस्नेतले उक्त आरोप लगाएका हुन्। उपचारका लागि भारत गएका जसपा अध्यक्षसमेत रहेका बाबुरामको रोग के रहेछ भन्ने कुरा अहिले बुझेको उनको भनाई थियो। बाबुरामको रोग के रहेछ हामीले बुझ्यौ। मानासिक रोग थियो। प्रतिनिधि सभा विघटनबारे सर्वोच्चको निर्णय आएपछि अहिले निको भएको छ, उनले भने, ुझलनाथको रोग निको भइसकेको छ। मानासिक रोग निको भइसक्यो।

छाँदाखाँदाको ओली सरकारलाई ढाल्न खोजेर प्रचण्ड माधवले इतिहासमै गम्भीर भुल गरेको बस्नेतको तर्क थियो। यसले प्रचण्ड र माधव नेपालाई इतिहासले ललकार्ने उनको दाबी रह्यो। एकीकरणबाट समीकरणतिर गयो। केपी ओलीको छाँदाखाँदाको सरकारलाई ढालेर। प्रधानमन्त्रीको पद किस्तीमा काँग्रेसलाई बुझाउने प्रचण्ड र नेपाललाई इतिहासले ललकार्नेछ, धिक्कार्नेछ, बस्नेतले भने, त्यसैले उहाँहरु पार्टी विभाजन नभएको स्विकार गर्नुपर्छ संसदीय दलको बैठकमा, सचिवालय बैठकमा ओलीलाई नेता मानेर आउनुपर्नेछ।  आज राजधानीमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै बस्नेतले उक्त आरोप लगाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here