कायर हो र राजीनामा दिने ? कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा आउँदैनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्‍याए । उनले भने, ‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनु भएको छ ।’

अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौँ तर यो निर्णयले झन् विवाद बढाएको छ’, सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङ्कन गर्नेछन् ।’ संसद् पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे ।

नेपालको राजनीतिका पेले, रोनाल्डो, म्यारोडोना र मेसी आफूसँगै रहेका दाबी गर्दै मन्त्री श्रेष्ठले कुनै समस्या नरहेको बताए । ‘जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनौं, हाम्रै जीत सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन्, जनताको फैसला स्वीकार गर्नेछौं,’ उनले भने । नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्दै फेसबूकमा स्टाटस लेख्ने र  सडकमा कुर्लिनेहरूलाई मन्त्री श्रेष्ठले जवाफ दिँदै भने, ‘सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here