कोरोनाको कारण रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको काम रोकियो

लकडाउनका कारण रसुवामा निर्माण भइरहेको १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम अझै सुरु हुन सकेको छैन ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इण्डियाको टोली भारत गएको थियो । आयोजनामा अन्य काम निरन्तर भइरहेको भए पनि इलेक्ट्रोमेकानिकलको काम त्यसयता हुन सकेको छैन । निर्माणस्थलमा सामग्री आइसकेको भए पनि जनशक्ति नआउँदा काम अघि बढ्न नसकेको आयोजना प्रमुख छबि गैरेले बताएका छन् ।

‘उपकरण जडानका लागि सामग्री आइसकेको छ’, उहाँले भन्नुभयो, ‘भारत गएका टोली फर्केको खण्डमा काम अघि बढ्छ ।’ उपकरण जडानको काम सुरु हुन सकेमा २०७९ जेठमा विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here