हिजो प्रतिनिधिसभा पुनर्स्थापना, आज राष्ट्रपतिबाट पशुपतिमा क्षमापूजाका लागि पशुपतिनाथ जाँदै

पशुपतिनाथ मन्दिरमा सुनको नयाँ जलहरी पिठिका स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्नुहुने भएको छ ।

हिजो राती बिशेष पुजा गरी पशुपतिनाथको मुल मूर्ति शिवलिंगकोे फेदमा सुनको नयाँ जलहरी राखिने काम सम्पन्न भएको छ । जलहरी राख्नका लागि गत फागुन ८ गते देखि नै क्षमा पूजा हुँदै आएकोमा मंगलबार बेलुका पिठिका स्थापनाका लागि विशेष पूजा भएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र

विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए ।
केसी अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।

यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए । तर सो रिटमा मुद्दा परेपनि आदेश आउनुअघि नै निर्माण कार्य सक्नेगरी काम भइरहेको स्रोतले जनाएको छ ।
पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरी राख्न लागेको भन्दै स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारी लगायतले विरोध गर्दै आएका छन् । २०७० सालमै चाँदीको जलहरी हटाएर सुनको राख्ने निर्णय भए विरोध भएपनि यो कार्य पर धकेलिँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here