काठमाण्डौका विभिन्न ठाउँमा भोलि र पर्सि दिउँसो बत्ती जाने

काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्र अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो।

प्राधिकरणका अनुसार साँखु, गोठाटार र कोटेश्वरमा शनिबार बिहान ११ देखि दिउँसो ः३० बजेसम्म तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ।

सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here