अव भ्यालेन्टाइनको अवसरमा कुण्डली मिलानमा २० प्रतिशत छूट हाम्रो पात्रोबाटै

नेपालमा सर्वाधिक प्रयोग गरिने एप हो ‘हाम्रो पात्रो’ जसले धेरै भन्दा धेरै सेवा सुविधाहरु दिइरहेको छ । हालै यो एपले भ्यालेन्टाइनको अवसरमा कुण्डली मिलानमा २० प्रतिशत छूट दिन थालेको छ । कम्पनीले एपमा उपलब्ध ‘हाम्रो ज्योतिष’ सेवामा यस्तो छूट उपलब्ध गराउन थालेको हो । नेपालको पहिलो भिडियो परामर्श सेवाको रुपमा रहेको ‘हाम्रो ज्योतिष’मार्फत कुण्डली बनाएर प्रमाणीत ज्योतिषहरुसँग परामर्श लिन सकिन्छ । यो सेवाका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।

कुण्डली बनाउनका लागि यसमा जन्म मिति, जन्मेको समय र जन्म स्थल राख्नुपर्ने हुन्छ भने गुण मिलानका लागि केटा र केटीको जन्म मिति र जन्मेको समय राख्नपर्ने हुन्छ । ‘हाम्रो पात्रो’ले यो सेवा बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म र बेलुका ७ बजेदेखि ९ बजेसम्म उपलब्ध गराउँदै आएको छ ।

२०७६ असोजमा सुरु भएको ‘हाम्रो ज्योतिष’मार्फत हालसम्म १० हजारभन्दा बढीले सेवा तथा परामर्श लिइसकेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आवश्यकता अनुसार यो सेवा हाम्रो पात्रोको एन्ड्रोइड तथा आईओएस एप र वेबसाइटमार्फत लिन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here