पेट्रोल लिटरकै १ सय ४० पुग्ने

खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले बढेको हो । बुधबार रातीदेखि पेट्रोलियम पदार्थ प्रतिलिटर दुई रूपैयाँ महँगो भएसँगै आगामी दिनमा झनै आकाशिने अनुमान गरिएको छ । अर्को साता भारतीय आयल निगमले पठाउने मूल्यको आधारमा नेपाल आयल निगमले पुनः प्रतिलिटर ३ रूपैयाँ बढाएर पेट्रोलको भाउ १ सय १५ र डिजेल कम्तिमा १ सय पुर्याउने स्रोतको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, सुन,डलर र कमोडिटी मार्केटबीचको उतार चढावले तिनको मूल्यमा प्रभाव पार्छ । सामान्यतयाः अन्तर्राष्ट्रिय लगानीकर्ता जता ढल्किन्छन् त्यसको मूल्य बढ्छ । उनीहरुले लगानी गर्न छाडेपछि त्यसको भाउ घट्छ । कोरोनासँगै सुन र डलरमा लगानी गरेका लगानीकर्ताले पछिल्लो दिन तेलमा आँखा लगाउन थालेको बजार विश्लेषकहरु बताउँछन् । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । निगमका अनुसार हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

मूल्य वृद्धि पश्चात् पेट्रोलको मूल्य एक सय १२ र डिजेल र मटितेलको ९५ रूपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १४ सय रूपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here