अफ सिजनामा पर्यटन भित्राउन पर्यटन ब्यवस्थापन समिति मनाङले ल्यायो नयाँ कार्यक्रम

अघिल्ला वर्षहरूमा मनाङमा स्वदेशी तथा विदेशीहरुको भिड हुन्थ्यो । अघिल्ला बर्षहरुमा होटेल तथा रिसोर्ट पर्यटकहरुले खचाखच भरिएका हुन्थे । तर, यसपटक पर्यटकीय सिजन सुरु भइसक्दा पनि विरलै कम छन् । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण सुनसान बनेको हो । मनाङका अधिकांश बासिन्दाको रोजीरोटी नै पर्यटन व्यवसाय हो । कहिले कोभिड मत्थर होला र पुनः पर्यटकको चहलपहल होला भन्ने पर्खाइमा छन् मनाङवासी । मनाङका होटेल व्यवसायी गत वर्ष होटेलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्थे तर, अहिले त सिजनमै सबै होटेल खाली छन्

सिजनमा त पर्यटकहरुसँगै रमाउँछन् मनाङवासी तर, अफ सिजनमा बेरोजगारको समस्या झेलिरहेका छन् । यही समस्या समाधानको लागि पर्यटन ब्यवस्थापन समिति मनाङले नयाँ कार्यक्रम सञ्चालन गरेको छ । हुम्डे मनाङमा हिउदो महिनामा पनि पर्यटक भित्राउनको लागि पर्यटक गतिबिधि गरि पर्यटक भित्र्याउने काम गरिरहेको पर्यटन ब्यवसायी समिति मनाङ जिल्लाकाे अध्यक्ष बिनोद गुरूङले बताउनु भयो । यो बर्ष देखि स्थानियहरुका लागि पनि तालिम दिन सुरु गरिएको गुरूङले बताउनु भयो । सो कार्यक्रमले पर्यटकहरु अफ सिजनमा पनि भित्रने जसको कारणले रोजगारी उत्पन्न हुने उहाँको धारणा रहेको छ ।


अब हरेक बर्ष यो कार्यक्रम गरिनेछ।साथै आइस इस्कि र बोर्ड आइस ईस्कि पनि संचालन गरिने छ। उक्त कार्यक्रम पर्यटन ब्यवस्थापन उपसमिति मनाङ आयोजक रहेको छ भने मनाङ समाज सेवा समिति,नेस्याङ युवा कल्व, नेपाल कल्म्बिङ टिमको सहयोग रहेको छ ।


मनाङ क्षेत्रमा पदयात्रीहरू विशेष गरेर थोराङ्ला पास, लार्के पास, कालापास, विश्वकै अग्लो स्थानमा ४,९१९ मिटर रहेको चित्ताकर्षक तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक पर्यटकहरू आउने गर्छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here