मनाङका बच्चाहरूलाई न्यानो ज्याकेट प्रदानका साथै दन्त परीक्षण

चिसोले कठ्याँग्रीएका मनाङका स्थानीय बच्चाहरूलाई न्यानो ज्याकेटका साथै दन्त परीक्षण गरिएको छ । न्यानो ज्याकेट, ब्रस , मन्जनका साथै दन्त परिक्षण पाएपछि उनीहरु खुुसी भएका छन् ।


मनाङको चामे गाउँपालिका, नार्पा भूमि गाउँपालिका , नासोँ गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका गरी १३ ओटा वडामा नासोंको थोंचेस्थित हेल्थपोष्टमा ती बालबालिकाहरुको निःशुल्क दन्त परीक्षण गरिएको हो ।

मनाङका युवाहरुले आयोजना गरेको उक्त दन्त परीक्षण कार्यक्रममा नासों गाउँपालिकाका झण्डै १ सय ५० जति बालबालिकाको दन्त परीक्षण गरिएको समाजसेवी सोनाम घलेले बताएका छन् । उनले भनेका छन् ‘बालबालिकाहरुको परीक्षा सञ्चालन भईरको कारले हामीले सोच जति बालबालिकाहरुलाई सहभागी गराउन सकिएन । अर्को पल्ट पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने र सबै बालबालिकाहरुको दन्त परीक्षण गर्ने हाम्रो उद्देश्य हो ।’

यस्ता महान कार्यमा मनाङका प्रदेश सांसद कर्मा घलेका छोरा नुर्वु घले, अम्बर गुरुङ र सोनाम घलेका साथै अन्य युवाहरु पनि रहेका थिए ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here