मनाङमा कम्युनिष्ठ पार्टी परित्याग गर्दै कांग्रेस प्रवेशको ओइरो दिन प्रतिदिन

मनाङको नासों गाउँपालीका वडा नम्बर १ तालका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन नेता, कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध ११ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार नेपाली कांग्रेस पार्टीमा स्वागत गरिएको थियो । पार्टी प्रवेश गर्नेहरुले कांग्रेसको विधि र विधानमा रही पार्टी र समुदायको हितका लागि सक्रिय रहने अठोट गरेका छन् । मनाङमा पछिल्लो समय नेकपा छाडेर कांग्रेस प्रवेश गर्ने लहर चलेको बताइन्छ । कांग्रेस प्रवेश गर्ने युवाहरुको नामावली यसप्रकार छ “ यशु गुरुङ , टिका जङ गुरुङ , निरोज गुरुङ , देवी जङ गुरुङ , जीवन घले , सुजित गुरुङ , निश्चल गुरुङ , डम्मर जङ गुरुङ , साहिल गुरूङ , मोति गुरुङ , सरला तमाङ गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here