१० सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुनुभएको छ ।

अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

सरुवा भएकाहरुको थप विवरण यस्तो छ–

क्र.सं. सहसचिवको नाम कहाँबाट कहाँ सरुवा ?
१. किरण राज शर्मा सूचना विभागबाट प्रधानमन्त्री कार्यालय
२. तारानाथ अधिकारी अख्तियारबाट पर्यटन मन्त्रालय
३. झक्क आचार्य अर्थबाट गृह मन्त्रालय
४. छवि रिजाल प्रधानमन्त्री कार्यालयबाट सन्चार मन्त्रालय
५. बुद्ध गुरुङ महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय
६. राजेश पौडेल श्रम मन्त्रालयबाट लोक सेवा आयोग
७. बद्रि अधिकारी राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय
८. कमल भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश १
९. मधुसुदन बुर्लाकोटी बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालय
१०. नारायण भट्ट गृह मन्त्रालयबाट बागमती प्रदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here