राज्य सञ्चालनको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो कर । तर त्यहि कर तिर्नको लागि सरकारले बारम्बार करकर गर्नु पर्ने अवस्था छ । बर्षौंदेखि मूल्य अभिबृद्धि कर (भ्याट)को विवरण नबुझाउने र भ्याट नतिर्ने करदाताको विवरण आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ जसमा प्रतिष्ठित उद्योगपतिदेखि सांसद भइसकेका ठेकेदारहरुसमेत छन्। ती मध्य एक हुन रसुवाको जल्दाबल्दा चिर परिचित ठेकेदार सांसद मोहन आचार्य । उनले निर्वाचनको समयमा करोडौँ रकम खर्चेर सांसदमा जित । अधिकांश ठूला ठेक्का पट्टा हत्याएर लामो समयसम्म काम पूरा नगर्ने बदनामी कमाएका ठेकेदार मध्यका एक हुन्, उनै मोहन । सेटिङ मिलाएर त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको जग्गा आफ्नो बनाएर त्यो पनि कौडीको भाउमा । प्रतिरोपनी १२ हजार ५ सय रुपैयाँ मासिक । यद्यपि हालसम्म त्यहि कौडीको दामसमेत चुक्ता भएको छैन । यो समचार हामीले पहिले नै प्रकाशन गरेका छौं । त्यस्तै २०६९ सालपछिको भ्याट विवरण दाखिला गरेको छैन। रसुवा कन्स्ट्रक्सनले पप्पु कन्स्ट्रक्सन र रोशन कन्स्ट्रक्सनसँग साझेदारी गर्दा पनि २०७२ सालयताको भ्याट विवरण नबुझाएको विभागले जनाएको छ। रसुवाले रोशनसँग साझेदारी गरेको अर्को काममा पनि २०७२ सालपछिको भ्याट विवरण बुझाएको छैन।
उनी सरकारलाई कर तिर्न अनकनाउँछन् तर रसुवा प्रदेश ख बाट उठेका सांसद प्रेम तमाङले आफ्नै पार्टनर इन्द्र सापकोटालाई तिर्न बाकी करिब ६/ ७ करोड तिर्न भने अघि सरेका छन । सापकोटाले केहि महिना अगाडी प्रेम तमाङलाई अपराध महासाखा टेकुमा मुद्धा हालेलगातै मुद्धा फिता लिनु बरु म आफै तिर्छु सम्म भन्न भ्याएका छन् । म प्रेमले तिर्ने पैसा मोहनले तिरिदिन्छु भनेको भएर कुरेर बसिरहेको छु । पिडित सापकोटाले बताए ।
लामो समयदेखि आफ्नो कारोबारको विवरण र कर नबुझाएका करदातालाई कर बुझाउने अन्तिम मौकास्वरुप नाम सार्वजनिक गरिएको विभागका सञ्चालन महाशाखा प्रमुख मुक्तिप्रसाद पाण्डेले बताए। “अब पनि कर बुझाउन अटेर गर्नेको नाम कालोसूचिमा राखेर सम्बन्धित कम्पनी तथा फर्मलाई भ्याटबाट दर्ता खारेजीको प्रकृया अघि बढाउँछौं”, उनले भने।
शारदाप्रसाद अधिकारीदेखि सांसदसम्म
भ्याट नतिर्नेको सूचिमा करिब १ हजार ५ सयभन्दा धेरै निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनी र फर्म छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले साझेदारी गरेको जेएच कन्स्ट्रक्सन जेभी त्यसमध्येकै हो। यो कम्पनीले २०७४ सालपछिको भ्याट तिरेको छैन। शैलुङ दलचोकी निर्माण सेवा जेभीले पनि २०६६ पछिको भ्याट विवरण बुझाएको छैन।
कानुन अनुसार कारोबार बन्द भएपछि त्यसको विवरण आन्तरिक राजस्व विभागलाई बुझाउनुपर्छ। यसरी विवरण नबुझाएका कारण अधिकांश फर्म र कम्पनीले भ्याट नतिरेको देखिई त्यस्ता करदाता ‘नन फाइलर’ को सूचिमा पर्छन्।
अर्का सांसद बहादुरसिंह लामाको हिम्डुङ कन्स्ट्रक्सनले २०६१ सालपछिको भ्याट विवरण बुझाएको छैन। हिम्डुङले थोकर र एडी बिल्र्डर्ससँग २०६५ सालमा साझेदारी गरेको काममा पनि भ्याट बुझाइएको छैन। सोही कम्पनीले गुल्लिभर वल्र्ड कन्स्ट्रक्सनसँग साझेदारी गर्दा २०६२ सालमा भ्याटमा दर्ता भए पनि २०७० पछि भ्याट विवरण बुझाएको छैन। थापाथलीस्थित राजीव विक्रम शाहको जेआरपी टे«डिङले पनि २०६३ सालपछिको भ्याट बुझाएको छैन।
फिल्म
अभिनेत्री तथा फिल्म निर्माता झरना थापाको नाममा भ्याटमा दर्ता भएको सुहानी फिल्मस् प्रालिले पनि २०५८ पछि भ्याट विवरण नबुझाएको देखिएको छ। शेयर बजार कारोबारीका रुपमा चिनिएका निर्मल प्रधानको स्वामित्वको निश्चल चलचित्र भवनले पनि २०६४ यता भ्याट विवरण विभागलाई बुझाएको छैन। यो सिनेमा हल बन्द भइसकेको छ। च्लचित्र निर्देशक विकास आचार्य, रुद्रराज पाण्डे आदिका नाममा रहेका कम्पनीले पनि भ्याट बुझाएका छैनन्।
होटल तथा रेस्टुरेन्ट
भ्याट नबुझाउनेमा कैयौं होटल तथा रेस्टुरेन्ट पनि छन्। यद्यपि, तीमध्ये कति बन्द भए भन्ने प्रष्ट छैन। महाराजगन्जको रिचमण्ड बेकरी क्याफेले २०६९ यता भ्याट बुझाएको विवरण छैन। लालदरबार रेस्टुरेन्टले २०६९ सालपछि भ्याट बुझाएको छैन। होटल प्लाजा, होटल सीता, हिमालयन माउन्टेन रिसोर्ट आदिले पनि भ्याट बुझाएका छैनन्।
त्यस्तै रसुवामा रहेका पदम डिल निमार्ण सेवा धारापानी ३ का खुवा बहादुर थोक्रा, सत्याल एक्सपोर्ड इम्पोर्ट कम्पनी प्रा।ली भोर्ले ६ नौकुण्डका राम बहादुर थोक्रा, आषमा कन्स्ट्रक्सन डाडागाउँ २ उत्तरगयाका राधिका सापकोटा, असिम मल्टिपर्पोज प्राली काकिकास्थान २ का सोम बहामदुर तमा , नगडरकोटी निमार्ण सेवा धुन्चे ६ का बलबहादुर नगरकोटी, कुमार निमार्ण सेवा भोर्ले ५ का देब कुमार स्याङतान, जेनीश एण्ड जेनीशा इम्पोर्ट एण्ड एक्र्पोट प्रली बनुवा ५ का धुब्र राज आचार्य, नेपाल फिमेल गाइड प्राली रसुवाकी ऋतु ग्याम्दान कालिकास्थान रिसोर्ट एण्ड स्पा प्राली धैबुङ ५ को नाम नखुलेको संस्था, च्याञचु मेदोक सप्लायर्स प्राली टिमुरे १ का फुर्वा शेपा, अर्पण निमार्ण सेवा डाडागाउँ १ का दोर्जे शेर्पा, रसुवा पेटुोल पम्प प्राली गोल्जुङ ४ का अमृत घले , सुकुम निमार्ण सेवा डाडागाउँ १ का यम बहादुर तमाङ , रसुवा बहुउदेश्य सहकारी संस्था धुन्चे ६ का कैसाङ तमाङ , लाङटाङ हिमाल आयात निर्यात टिमुरे २ का कामी नुर्पु तमाङ , भुमेदेवी खाद्य सप्लायर्स ठूलो गाउँ २ का जानुका देवी सापकोटा, सुदिप कन्स्ट्रक्सन डाडागाउँ २ का खुवा प्रसाद सापकोटा , ओम गणेश कन्स्ट्रक्सन लहरेपौवा ४ का लिला बहादुर थिङ , न्यु जेनेरेसन कन्स्ट्रक्सन हाकु २ का न्दिप तमाङले कर तिरेका छैनन् ।